• Tue. Apr 30th, 2024

SPAIN NEPAL COM

भाजपाले नेपालमा पार्टी विस्तार गर्ने अभिब्यक्तिप्रति नेपालको आपत्ती

Byspainnepal

Feb 16, 2021


काठमाडौं । भारतीय जनता पार्टीले नेपालमा आफ्नो पार्टी विस्तार गर्ने तयारी गरिरहेको भन्दै भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको अभिव्यक्तिप्रति नेपालले आपत्ति जनाएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो अभिव्यक्तिबारे सरकारले औपचारिक रूपमै आपत्ति जनाएको ट्विटरमार्फत् जानकारी दिएका हुन्।

त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवको उक्त विवादास्पद अभिव्यक्तिको बारेमा लेखिएको समाचारमा ट्विटर प्रयोगकर्ता समीर अन्सारीले परराष्ट्रमन्त्री ज्ञवालीलाई मेन्सन गर्दै चासो व्यक्त गरेपछि ज्ञवालीले यसप्रति आपत्ति जनाइसकिएको जानकारी दिएका हुन्।

विप्लवले भारतीय गृहमन्त्री अमित शाहले भाजपाको अध्यक्ष रहेका बेला पार्टी बैठकमा त्यस्तो योजना सुनाएको बताएका थिए। शनिबार राजधानी अगरतालाको एक कार्यक्रममा बोल्दै उनले भनेका थिए, ‘राज्य सरकारको गेस्ट हाउसमा चलेको छलफलमा शाहले अब श्रीलंका र नेपालमा मात्र भाजपाको सरकार बन्न बाँकी रहेको हुँदा ती दुई देशमा पनि पार्टी विस्तार गरेर सरकार बनाउनका लागि जित्नुपर्छ भन्ने योजना सुनाउनुभयो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *