• Wed. Apr 17th, 2024

SPAIN NEPAL COM

सपना रोकालाई धम्की दिने विनयजंग बस्नेत पक्राउ

Byspainnepal

Feb 16, 2021


काठमाडौं । बेवारिसे शव व्यवस्थापकका रुपमा चिनिएका विनयजंग बस्नेत पक्राउ परेका छन् । विनयलाई मंगलबार साँझ गोंगबु, नयाँ बसपार्कबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० अशोक सिंहले मकालु खबरलाई जानकारी दिए ।

एससपी सिंहका अनुसार बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले धम्की तथा आफूविरुद्ध अश्लिल अभिव्यक्ति दिएको भन्दै दिएको जोहरीका आधारमा विनयलाई पक्राउ गरिएको हो ।


सपना रोका मगरले आफूलाई धम्की दिने विनयजंग बस्नेत पक्राउ परेपछि सत्यतथ्य बाहिर आउने आशा व्यक्त गरेकी छन्।

मंगलबार फेसबुकमार्फत् एक स्टाटस राख्दै रोकाले कानुनभन्दा माथि आफू नभएकाले यसअघि बाहिर यस विषयमा नबोलेको स्पष्ट पारेकी छन्।

‘धेरै जनाको जिज्ञासा थियो म किन बोलिरहेको छैन भनेर। कानुनभन्दा माथि हामी कोही पनि थिएनौं। सम्पुर्ण प्रहरी प्रशासनको अथक प्रयासपछि काठमाडौंबाट फेरि फरार हुने क्रममा काठमाडौं बसपार्कदेखि विनयजंग बस्नेत लाई पक्राउ गरिएको छ‚’ उनले लेखेकी छन्‚ ‘अब सत्यतथ्य कानुनी प्रक्रियाअनुसार नै बाहिर आउँछ।’

ढिलै भएपनि सत्य बाहिर आएको भन्दै उनले हौसला दिने सबै र प्रहरी प्रशासनप्रति आभार व्यक्त गरेकी छन्।

लकडाउनको समय सँगै बेवारिसे शवको व्यवस्थापनमा खटिएका विनय र सपनाबीचको सम्बन्धमा पछिल्लो समय तिक्तता छाएको थियो । विनयले सपनाबारे युट्युबरसँग नराम्रा टिप्पणी गरेका थिए । उनले एक युट्युब अन्तर्वार्तामा सपनाको अश्लिल फोटो देखाउने र मार्नेसम्मको धम्की दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *