• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

कोरोना भाइरस ल्यावमा बनेको होइन – डब्लुएचओ

Byspainnepal

Feb 9, 2021


वुहानमा कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न गएको विश्व स्वास्थ्य संगठन डब्लुएचओको टोलीले ल्याबबाट भाइरस लिक भएको भन्ने कुरा असम्भव रहेको बताएको छ

वुहानमा डब्लुएचओले गरेको पत्रकार सम्मेलनमा बोल्दै भाइरस विज्ञ पिटर बेन एमबारेकले ल्याबबाट भाइरस लिक हुन नसक्ने बताएका हुन्।

कोभिड १९ ल्याबबाट लिक भएको भन्ने कल्पना अत्यन्तै असम्भव कुरा हो र यसबारेमा थप अध्ययनको जरूरी छैन किनकी हामी भाइरसको उत्पत्तिबारे अनुसन्धान गरिरहेका छौं एमबारेकले भने।

यो भाइरस कुन जनावारबाट मानिसमा सरेको थियो भन्ने पनि पत्ता नलागेको उनले बताए। कोरोना भाइरसको उत्पत्तिबारेका अनुसन्धानले प्राकृतिक जलाशयका चमेरालाई केन्द्रीत गरेको उनले बताए। ती चमेरो चीनमा कोरोना भाइरस देखिनुअघि त्यहाँ हुनु असम्भव भएको उनले बताए।

विज्ञ टोलीको अनुसन्धानले केही नयाँ सूचनाहरू पत्ता लगाए पनि नाटकीय ढंगले महामारीको भित्री तस्वीर नफेरिएको उनले बताए।

एमबारेकका अनुसार कोभिड १९ मानिसमा मध्यस्थ प्रजातिबाट सरेको हुनसक्छ। त्यस्तै फ्रोजन सामानहरूको व्यापारबाट पनि सरेको हुनसक्ने कल्पना गरिएको उनले बताए।

हामी अझै पनि एक व्यक्तिमा संक्रमण भएर पछि बजारका अरू मान्छेहरूलाई सारेको हुनसक्ने ठानेर काम गरिरहेका छौं। यो कुनै प्रडक्टको परिचयबाट पनि भएको हुनसक्छ। जसमध्ये रोचक प्रडक्ट फ्रोजन जंगली जनावरको हो। केही प्रजातिहरू यस्ता भाइरससँग धेरै संवेदनशील हुन्छन्, उनले भने।

पत्रकार सम्मलेनमा चिनियाँ स्वास्थ्य अधिकारी लियाङ वाननियनले सन् २०१९ मा वुहानमा देखिएको कोरोना भाइरस त्यसअघि अन्तै देखिएको हुनसक्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *