• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

भ्यालेन्सिया क्षेत्रको प्रतिबन्ध लम्बिने

Byspainnepal

Feb 9, 2021


स्पेन, ९ फेब्रुअरी /कोरोना भाइरसको संक्रमणदर नघटेपछि स्पेनको भ्यालेन्सिया क्षेत्रमा लगाइएको प्रतिबन्ध थप लम्बिने भएको छ । अहिले लगाइएको प्रतिबन्ध यही फेब्रुअरी १५ तारिक सम्म रहेकोमा थप गर्ने संकेत यहाँका प्रेसिडेन्ट छिमो पिङले गरेका छन् । उनले कति समय प्रतिबन्ध लम्ब्याउने स्पष्ट नपारेपनि कम्तिमा मार्चको १ तारिकसम्म थपिने संकेत गरेका छन् । अहिले यस क्षेत्रमा होटल तथा रेस्टुरेन्ट, बारहरु बन्दरहेका छन भने अत्याबस्यक बाहेकका पसलहरु ६ वजेदेखि बन्द छन् । यस्तै राती १० बजेदेखि कर्र्फयु लगाइएको छ भने ठुला शहरहरुमा सप्ताहअन्तमा आवतजावतलाई सिमित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *