• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

नेपालमा पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलाई पनि खोप

Byspainnepal

Feb 7, 2021

नेपाल सरकारले सोमबारबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना भाइरसविरूद्धको खोप दिने भएको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारी गरी झन्डै १९ हजारलाई खोप दिने तयारी भएको बताउनुभयो ।

त्यसका लागि उपत्यकाका चार वटा अस्पताल तोकिएको छ। गौतमका अनुसार पत्रकारले सिभिल अस्पताल, कूटनीतिक नियोगका कर्मचारीका लागि गंगालाल हृदयरोग अस्पताल र टिचिङ अस्पताल अनि संयुक्त राष्ट्र संघका कर्मचारीका लागि पाटन अस्पतालमा खोप लगाउन पाउनेछन्। नेपालमा पहिलो चरणको खोप अभियानमा जम्मा ‍१ लाख ८४ हजार ८५७ जनाले खोप लगाएका छन्। जसमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका कर्मचारी, कैदी, सफाइ कर्मचारी छन्। पहिलो चरणको खोप अभियान सकिएसँगै सरकारले अब पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारीलाई खोप दिने तयारी गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *