• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

प्रचण्डको टाउको चिलाउँदा देखिएका खतरा – एक समाचार टिप्पणी

Byspainnepal

Jan 17, 2021

कमल पराजुली

गत पुस ५ गते बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उनकै भाषामा पार्टी भित्रैबाट घेराबन्दीमा परेको भन्दै प्रतिनिधी सभा बिघठन गरेपछि एकदमै नकारात्मक ढंगले विकसित भएको नेपालको राजनीतिक घटनाक्रम आजसम्म आइपुग्दा निकै गम्भिर मोड पुगेको छ । प्रतिनिधी सभा बिघठनपछि फुटमा पुगेको नेकपाका दुई पक्षका नेताहरुको आरोप प्रत्यारोपहरु दिनँहुका मुख्य समाचार त भए नै तर यसलाई आरोप प्रत्यारोपको रुपमा मात्रै बुझ्दा हामी अहिले नेपालमा बिग्रिएको राजनीतिक परिस्थितीको सहि विश्लेषण गर्न सक्दैनांैै । त्यसमाथी प्रधानमन्त्री ओलीले उनका पुर्व सहकर्मीहरुलाई निकै तल्लोस्तरमा झरेर गरेको गालीगलौज तथा प्रचण्ड माधव नेपाल पक्षका नेताहरुबाट आएका त्यसको तितो र उस्तै तल्लोस्तरका प्रतिउत्तरले नेपालको राजनीतिक वातावरणलाई निकै दुर्गन्धित बनाएको छ । विश्व समुदाय कोरोनाको मारमा परेर त्यसबाट कसरी उम्कने भन्दै अनेक उपाए र बिधिको प्रयोगमा लागिरहेको अहिलेको जटिल अबस्थामा नेपालमा नेकपाका दुईथरी समुहका नेताहरुबाट आएका सुन्नै नसकिने भाषण र त्यसको पछाडीबाट ताली बजाउने बेरोजगार समुहको भिडले हामी आपैmलाई गिज्याएको भान हुन्छ ।
यो सवै नकारात्मक राजनीतिक परिस्थितीको पृष्ठभुमीमा चिन्तित भैरहँदा शनिवार प्रचण्डले र उनका सहयात्री झलनाथ खनालबाट आएका केहि अभिब्यक्ति र विशेषगरी युवा तथा बिद्यार्थीहरुलाई भड्काउने गरी भएका आव्हानले ल्याएका चिन्ताको बारेमा केही टिप्पणी यहाँ गर्न खोजिएको छ ।
प्रचण्डले शनिवार बिद्यार्थीहरुको कार्यक्रममा सम्बोधन गर्दै अब शाकाहारी आन्दोलनले नपुग्ने भन्ने टिप्पणी मात्रै गरेरनन् आफ्नो टाउको चिलाएको समेत भन्न भ्याए । शाहाकारी आन्दोलनले नपुगेको भन्दै युवा बिद्यार्थीहरुलाई मांशाहारी आन्दोलनको लागि आब्हान गर्नुको अर्थ के हो ? यसमा सवैको प्रष्ट बुझाई भनेको उनले हिंसात्मक आन्दोलनका लागि बिद्यार्थीहरुलाई उचालेका हुन् । उता खनालले समेत उनीहरुले ९ गते गर्ने भनेको आन्दोलनमा पुरै काठमाण्डौलाई अस्तब्यस्त बनाउन आब्हान गर्दै उस्तै खालको संकेत गरे । प्रचण्डले गिरिजाप्रसाद कोइरालाको जनआन्दोलनका बेला टाउको फोरिएको प्रसंग उठाउदै आफ्नो टाउको चिलाएको भन्दै केहि खतराका संकेतहरु दिएका छन् ।

नेताहरुका यि हिंसा प्रेरक अभिब्यक्तिहरुले अबका केहि दिन नेपालको वातावरण थप जटिल बन्ने स्पष्ट्र दृष्यहरु देखिएका छन् । यसले पक्कै पनि उनीहरुका निकट रहेका कार्यकर्ताहरुलाई केही अत्तेजित त बनाएको छ तर एउटा सामान्य नागरिकको लागि यो निकै पिडादायी बन्न पुगेको छ । प्रचण्ड नेपाल पक्षबाट अबका दिनमा हिंसात्मक आन्दोलन गर्ने गरी गरेको संकेत र त्यसको प्रतिकारका लागि ओली सरकारका तर्फबाट हुन सक्ने प्रतिकारले जटिल अबस्थाको सिर्जना हुने र मानवीय तथा जनधनको क्षति हुने खतराका दृष्यहरु अनुमान गर्न सकिन्छ । ओलीका केहि दिनयताका अभिब्यक्तिहरु हेर्दा प्रचण्ड नेपालका गतिविधीलाई निकै सामान्यरुपमा लिएको जस्तो देखिएपनि आईपर्ने जस्तोसुकै अबस्थाको सामना गर्ने मुड प्रष्टै झल्किन्छ । प्रचण्ड नेपाल पक्षको अबको आन्दोलन उनीहरुले आब्हान गरेजस्तै हिंसात्मक बन्दै जाने हो भने सरकारी पक्षबाट हुने प्रतिकार पनि हिंसात्मक नै हुने अनुमान गर्न सकिन्छ । यसले पक्कै पनि सहज अबस्थाको संकेत गर्दैन ।

अर्को अचम्मको कुरा त के छ भने पुरा विश्व कोरोनाबाट बच्ने र थिलोथिलो परेको आर्थिक अबस्थाबाट पार पाउने उपाए खोजिरहेको र पुरा शक्ति त्यसैमा लगाएर लागेको अहिलेको समयमा नेपालमा कोरोना प्रति जानकार नै नभएको जस्तै गरी केही दिन देखि भएका गतिबिधी देख्दै पनि लाज लाग्ने खालका छन् । यसले अझ कयौं समय नेपालले अस्थिरता,आन्दोलन, बिग्रह र गरिवीमा बिताउनु पर्ने बाध्यताको स्पष्ट बाटो देखाईरहेको छ । अझ विदेशबाट हेर्दा त स्वदेश फर्कने समय कुर्दाकुदै यही अस्थिरता र अविकासले गर्दा आफ्नो कयौं पुस्ता विदेशमै हराउने भयहरु मनमा आउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *