• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

नेपालमा पनि पुग्यो नयाँ भाइरस

Byspainnepal

Jan 18, 2021

काठमाडौं/ नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस
पुष्टि भएको हो ।

मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै रहेको जनाएको छ ।

मन्त्रालयका अनुसार २७ पुसमा उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएको थियो । त्यसमध्ये ३ जनामा देखिएको भाइरस नयाँ प्रकारको भएको पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *