• Thu. May 9th, 2024

SPAIN NEPAL COM

वायु प्रदूषणका कारण ४ दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

Byspainnepal

Mar 29, 2021

काठमाडौं । मंगलबार (भोलि)देखि देशभरका सबै शैक्षिक संस्था बन्द हुने भएको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
गत शुक्रबारदेखि खासगरी काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषनको मात्रा बढ्दो छ । जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *