• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

बिशाल ढुंगानाको अध्यक्षतामा नेपाली जनप्रगतिशील मंच, स्पेनको नयाँ कार्यसमिती चयन

Byspainnepal

Dec 12, 2021

नेपाली जनप्रगतिशील मंच, स्पेनको आईतवार भएको तेस्रो अधिबेसनले बिशाल ढुंगानाको अध्यक्षतामा निर्बिरोध नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ कार्यसमितीको उपाध्यक्षमा अशोक किरण न्यौपाने र राम दाहाल रहनु भएको छ । यस्तै महासचिबमा सुर्य प्रसाद सापकोटा, सचिबमा दुर्गा प्रसाद गैरे, रामु सापकोटा र केशब राज कंडेल रहनु भएको छ । यस्तै कोषाध्यक्षमा गोबिन्द अधिकारी चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा रीता शर्मा, आईत तामाङ्, टिकामाया गुरुङ, लक्ष्मण तामाङ्, खेम कुमार भण्डारी, दिलिप भण्डारी, सुरेश गिरी रहनु भएको छ भने ४ जना सदस्य पछि मनोनयन हुने जनाइएको छ । मंचका अध्यक्ष अर्जुन आचार्यको अध्यक्षतामा जुम मार्फत भएको अधिबेसनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्माले निर्बिरोध चयन भएको नयाँ कार्यसमितीलाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो।

कार्यक्रममा वाइसियलका अध्यक्ष सुमन देवकोटा, पार्टिका प्रबास समन्वय कमिटिका अध्यक्ष ओम शर्मा, निर्वाचन समन्वय समितिका संयोजक सुरेन्द्र श्रेष्ठ तथा अधिवेशनको समन्वय तथा निर्वाचन समितिका संयोजक श्याम प्रसाद खनाल, सल्लाहकार गंगा प्रसाद भुषाल, कृष्ण प्रसाद भुषाल लगायतले शुभकामना दिनु भएको थियो। यस्तै अधिबेसनमा एनआरएनका आई सि सि सदस्य, सुनिल रानाभाट, एनआरएन स्पेनका अध्यक्ष शालिक राम डुम्रे, प्रवासी नेपाली मन्च स्पेनका अध्यक्ष हेम शेर्पा, नेपाली जन सम्पर्क समिती स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठ, नेपाली पाठशाला संयोजक सरला सापकोटा, नेपाली जनप्रगतिशील मंच डेनमार्कका अध्यक्ष संघर्स् शिल केसी, जर्मनका अध्यक्ष गोबिन्द भण्डारी, नेपाली जनप्रगतिशील मंच यूरोपका प्रचार बिभाग प्रमुख वीर मान घर्ति, महिला बिभाग प्रमुख सुस्मा भुसाल लगायतले शुभकामना दिनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *