• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

नेपालमा कोरोनाबाट मृत्‍युको संख्या शून्य

Byspainnepal

Feb 1, 2021

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज (सोमबार) २६४ जना निको भएका छन् भने मृतक संख्या शून्य छ ।

आज क्वारेन्टिनमा ९७ जना छन् भने सक्रिय संक्रमित संख्या २ हजार ४८९ रहेकाे छ ।

काठमाडौ उपत्यकामा मात्रै आज ८५ संक्रमित थपिएका छन् । काठमाडौ मा ७०, ललितपुरमा १० र भक्तपुरमा ५ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । संक्रमितमध्ये २ लाख ६६ हजार ६ सय जना निको भइसकेका छन् भने मृतक संख्या २ हजार २९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *