• Thu. May 16th, 2024

SPAIN NEPAL COM

सरकारको तीन बर्षको उपलब्धि (विवरण सहित)

Byspainnepal

Feb 15, 2021

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बितेका तीन वर्षको उपलब्धि सन्तोषजनक भएको दाबी गरेका छन्। सरकार गठन भएको ३ वर्ष पूरा भएको अवसरमा सिंहदरबारमा प्रेस ब्रिफिङमा बोल्दै प्रधानमन्त्री ओलीले तीन वर्षको अन्तरालमा देशले हासिल गरेका उपलब्धिहरु सन्तोषजनक भएको बताएका हुन्।

सरकार गठनको समयदेखि नै विभिन्न अवरोधहरू सहनुपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा केही अप्ठ्याराहरुको सामना गर्दै प्रशस्त उपलब्धि हासिल गरेको दाबी गरेका छन्।

सरकारको पहिलो वर्षको कार्यभारलाई ‘राज्यको संरचनागत व्यवस्थापन र समृद्धिको आधार वर्ष’ मानेको बताउँदै उनले संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनमा सफल भएको दाबी गरे।

‘प्रस्तुत कामको फेहरिस्त हामीले गरेका सम्पूर्ण कामको विवरण होइन, मोटामोटी जानकारीमात्रै हो’ ३ वर्षे उपलब्धिहरू सुनाउने क्रममा ओलीले भने, ‘प्राप्त उपलब्धिहरुको आधारमा पनि नेपाल बन्छ र बनाउन सकिन्छ भन्ने मेरो आत्मबल अझै दृढ छ।’

https://cdn.fbsbx.com/v/t59.2708-21/148844970_277170933819321_2388426169665746177_n.pdf/PM-address-on-Feb-15-2021.pdf?_nc_cat=103&ccb=3&_nc_sid=0cab14&_nc_ohc=39MdUPEz_swAX-uipUa&_nc_ht=cdn.fbsbx.com&oh=dcdd954ed7b8aed520596953d2897f08&oe=602BD096&dl=1

Leave a Reply

Your email address will not be published. Required fields are marked *