
म्यागासेसे अवार्ड विजेता तथा राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक डाक्टर महाबिर पुन स्पेनको बार्सिलोना आउँदै हुनुहुन्छ । केही समय देखि युरोपका विभिन्न देशहरुको भ्रमणमा रहनुभएका डाक्टर पुन यही सोमवार बार्सिलोनामा हुने एक अन्र्तक्रिया कार्यक्रमका लागि स्पेन आउन लाग्नुभएको हो । नेपाली जन सम्पर्क समिती स्पेनले ‘प्रविधि बिकासमा आबिस्कार केन्द्रको भुमिका’ बिषयमा गर्न लागेको अन्र्तक्रिया कार्यक्रमका लागि डा. पुन बार्सिलोना आउनु लाग्नु भएको समितीका अध्यक्ष सन्तोष श्रेष्ठ जानकारी दिनुभयो ।
उक्त अन्र्तक्रिया कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्रले गरिहेका काम र त्यसमा प्रवासमा बस्ने नेपालीहरुले गर्न सक्ने सहयोगको बारेमा छलफल हुने छ । डाक्टर पुनको युरोप भ्रमणका क्रममा विभिन्न देशहरुमा भएका कार्यक्रमहरुमा युरोपमा बस्ने धेरै नेपालीहरु सहभागी भएका छन र आविस्कार केन्द्रका लागि ठुलो सहयोग पनि संकलन भैरहेको छ । स्पेनमा हुने कार्यक्रमका सन्र्दभमा पनि अन्र्तक्रिया सहित आविस्कार केन्द्रलाई आफ्नो तर्फबाट हुने सक्ने सहयोगका लागि आब्हान गरिएको छ । जनसम्पर्क समिती स्पेनले दिएको जानकारी अनुसार आबिस्कार केन्द्रलाई सहयोग उपलब्ध गराउन स्पेन स्थित विभिन्न संघसस्था र ब्यक्तिहरुले सहयोग घोषणा गरिसक्नु भएको छ । नेपालमा प्रविधिको बिकासमा निस्वार्थ भावनाले लामो समय देखि लागिरहनु भएका डाक्टर महाबिर पुन र उहाँको राष्ट्रिय आबिस्कार केन्द्रलाई सहयोग गर्ने आफुहरुको अभियानमा साथ दिन र सोमबार हुने अन्र्तक्रिया कार्यक्रममा सहभागी हुन सबै स्पेनबासी नेपालीहरुलाई जनसम्पर्क समिती स्पेनले आग्रह गरेको छ । जनसम्पर्क समिती स्पेनले आयोजना गरेको उक्त कार्यक्रमलाई स्पेन स्थित विभिन्न संघसस्थाहरुले सहयोग र समन्वय गरेका छन ।