आमाको ग्रह काट्ने निर्णय मैले कसरी नाइ भनु ? आफुलाई बिस्वास नभए पनि बिरामी आमाको मन दुखाउने कुरै भएन, त्यो पटक देखि मसंग ग्रह काटौ भन्नै छाडिदिनु भो । नेपाल पुगेको दिनदेखि बिजया दशमी भरी हस्पिटल बसेर आमाको खुट्टाको सफल अप्रेसन पछि मामाको घरमा आमालाई छाडेर तिहार मान्न गाँउ पुग्दा प्रदेशी छोरालाई आमा बिनाको घर नरमाइलो हुने नै भयो । भाइको अंशवन्डा गर्ने चाहना हामी ३ बाबु छोराको एक घण्टे छलफलमै टुंगिदा पनि बिछट्टै पिडा महशुस नभएको होइन । बुटवल हुंदै काठमान्डौ पुगेर आमासंगै घर फर्के पछि पन्डित निमन्त्रणा सहित ग्रह त काट्यौ पुरातनबादी ग्रह त बल्ल पो सुरु भो, त्यसपछि मैले आफ्नै चाहानाले मन्दिर जान छाडडिदिएको थिॅए । पुजा सकेर खाना खाइ घरबाट बाहिर निस्केको के थिॅए छोरी छतमा लडेर हात भॅाचिएछ त्यो पनि बिचबाट हातको अप्रेसन गर्न छोरी हस्पिटल भर्ना गर्नु पर्यो । भोली पल्ट बिहान छोरीलाई भेट्न कान्छो छोरा सहित हस्पिटल जॅादै गर्दा प्रहरीले फुटपाथको पसलेसंग तराजु खोस्दै गर्दा उक्त तराजु फुत्किएर छोराको टाउकोमा पो लाग्यो, रक्ताम्य टाउकोमा सात टॅाका लगाएर घर छाड्न फर्किदै के थिॅए ससुरालीबाट फोन आयो मलाई अति मॅाया गर्ने ससुरा बुवा बित्नु भएछ । मेरी श्रीमती विदेश नै थिइन, मैले कुनै पनि हालतमा अन्तेष्टीमा पुग्न चहान्थे भने सॅाझ छोरीको अप्रेसन थियो केही सोच्नै नसकीरहेको बेलामा भाइले रात्री बसको टिकट लिएर आएछ । छोरीलाइ अप्रेसन रुममा छाडेर बुटवलबाट रात्रीबस चढेर कुस्मा तिर लागें गल्यॅाग नपुग्दै बसको अगाडिको सिसा खस्यो धन्न केही भएन । रातिको समय अरु गाडी पाइदैन मन आत्तिएको छ खै कसरी चलाएर त्यो जाडो अनि अगाडिको सिसा खसेको गाडी बिहान नौ बजे पोखरा पुर्याए । त्यो जीवनकै एउटा कहाली लाग्दो यात्रा थियो । कुस्मा सम्म ट्याक्सी र हिंडेर फलेवास हुदै कर्नास पुग्दा गन्डकीको किनारमा ससुरा बुबाको शवले मलाई पर्खिरहेको थियो। मेरो उपस्थितिमा रुवाइका स्वररु चर्किएर किनार नै रोए जस्तो लाग्दथ्यो मन सम्हालेर उहॅाको अन्तिम संस्कार सकेर कुस्मा हुँदै फेरी रात्री बसमा बुटवल फर्के । त्यो अवस्थामा पनि दुईचार दिन बसेर साथ दिन नसक्दाको पिडा मन भित्रै दबिएको थियो मैले ४ दिन पछि उड्नु नै थियो आखिर परदेशी न परियो, आमाको खुट्टा र छोरीको हातमा पलास्टर ,छोराको बॅाधिएको टाउको , भाइसंग अंसबन्डा गर्दाको पिडा र ससुराबुबाको अन्तिम बिदाइ संगै दुखेको भारी मन बोकेर एयरपोर्ट आइपुग्दा मन भक्कानिएको थियो । धेरैपटक चढे पनि त्यो रुदैरुदै प्लेन चढेको पहिलो पटक थियो ।
जव बार्सिलोना स्पेन उत्रिए हामीसंग पार्टी फुटको हिसाव किताव गर्न बॅाकी नै थियो । कम्युनिष्ट पार्टीको कार्यकर्ता बन्नु कहॅा सजिलो छ र हिजो सम्म एकको घरमा मिठो पाक्दा अर्कोलाइ सम्झने साथी दिनमा एक पटक फोन नगरी निद नलाग्ने सम्वन्धहरु अलपत्र परेका थिए । एकले अर्कोको अनुहार सम्म देख्न नपरे हुन्थ्यो भन्ने स्थितिमा पुगिएछ क्यारे दुखमा हामी छौ भन्नेहरु नै पराइ बने भने विदेशमा कति पिडा हुन्छ भन्ने महशुस राम्रैसंग भएको हो । मन खोलेर सबै पिडा सेयर गर्ने साथीहरु त पराइ पो ? कमजोरीमा साथ दिने मित्रता अन्तत तिनै कमजोरीमा प्रहार गर्ने छुरा बन्न बेर नलाग्ने रहेछ राजनितिमा । बिधी र बिधान त फुटले मान्दै मान्दैन त्यहॅा त शक्ति प्रदर्शन गर्ने न हो । नेतृत्व कता छ , बहुमत कोसंग छ ,माइन्युट कसले बोकेको छ, यावद कुराहरु शक्ति दॅाज्ने औजार बन्दा रहेछन, अबसरवाद अग्रपंतिमा दौडने रहेछ । देशको आमुल परिवर्तन गर्न जनयुद्द लडेर आएको पार्टी फुटको पिडा एका तिर रह्यो भने ब्यक्तिगत सम्बन्धहरु संगठन आफ्नो बनाउने नाँममा सिसा फुटे सरी भए, त्यो फुट नराम्रोसंग दुखेको थियो । फुट कहिॅ कतै राम्रो होइन भन्ने चेतना बोकाएर भएको त्यो फुट निर्मोही थियो तर एकता पछि कार्यकर्ता नै नचाइने नेता पनि हुने रहेछन त्यो बुझ्न बर्षौ कुर्नु पर्यो ।
माथीको त मेरो अनुभुति भयो तर आज पनि हाम्रो स्थिति त्यस्तै छ । म रहेको संगठनले त्यस्तै नियति भोग्दैछ रुप कस्तो लिन्छ हेर्नै बॅाकी नै छ । बिदेशबाट हामीले गर्ने राजनैतिक समर्थन र नेपालमा पानी पर्दा यतै छाता ओड्ने प्रचलन कति उत्तम छ त ? अब त बहस गर्ने की मन्थन गर्ने कि ? कहिले कॅाही सॅोच्ने गर्छु बैचारिक बहस छैन ,फरक सॅोच छैन ,ब्यबहारिक पाटोसंग मेल छ छैन त्यो पनि थहा छैन तर पनि लडॅाइ चलिरहन्छ हामी लडिरहेकै छौ । फरक बिचार बोकेकै भरमा एक अर्का प्रति गर्ने ब्यबहार र नामको पछाडी लेखिने थरको पछाडी दौड्ने प्रवृति कहिले सुधार्न सकिएला ? आखिर गर्ने समाजमा सकेको केही सहयोग न हो । बन्नु पर्ने एक अर्काको सहयोगी न हो । आफु रहेको समाज र देशको लागि केही गरौँ भनेर लाग्ने न हो संगठनमा , समाजको अग्रपंतिमा रहेर काम गर्न सजिलो छैन ,नेता टोपलिनकै लागि नेर्तित्वमा आसिन हुने रहर त हुन सक्छ तर सॅाच्चै इमान्दारिताका साथ समाजको नेतृत्व गर्न त्यो पनि एउटा मजदुरको लागि सहज छैन् । हामी नेपालको राजनैतिक उतारचढाव संगै विदेशमा रहेका समधुर सम्बन्धहरु कहिले सम्म टुटाउदै जाने ? विदेशमा एउटा दुख सुख सेयर गर्न सक्ने साथी बन्न लामो समय लाग्छ तर क्षणभरमै सिध्याइदिने दल बिभाजनको कडी बडा अचम्मको छ । हामीले देश र भेष बदल्दा पनि सॅोच बदल्नै सकिरहेका छैनौ । ॲाफै बदलिन नसकेका हामी कम्युनिष्ट बिचारसंग नजिक रहेर संसार बदल्ने सपना देख्छौ । हामी चरण चरणमा फुट्दैछौ , राम्रोसंग जुट्न नपाउदै छुट्दैछौ , नेपालमा त एक अर्को प्रति आरोप प्रत्यारोप देखी सिध्याउने सम्मका खेल हुन्छन विदेशमा पनि फुट सधै पिडादायी र निर्मोही हुने रहेछ ।
– लेखक भुषाल नेपाली जनप्रगतिशिल मन्च युरोपका निबर्तमान महासचिब हुन् ।