![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/11/F0304E01-3753-4F4C-8012-02F077F91589.jpeg)
नेपाली जनप्रगतिशील मंच स्पेनको तेस्रो अधिबेशन डिसेम्बर १२ मा हुने भएको छ । मंचको सोमबार बसेको बठैकले अधिबेशनको मिती तय गरेको हो । साथै बैठकले अधिबेशन सम्पन्न गर्नका लागि अध्यक्ष अर्जुन आचार्यको संयोजकत्वमा मुल आयोजक समिती तथा संरक्षक श्याम प्रसाद खनाल संयोजक र निवर्तमान अध्यक्ष गगां प्रसाद भुषाल तथा सल्लाहकार कृष्ण प्रसाद भुषाल सदस्य रहने गरी ३ सदस्यिय समन्वय तथा निर्वाचन समिती गठन गरेको छ।
स्पेनका विभिन्न क्षेत्रमा बसोबास गर्ने मंचका क्षेत्रीय समिति तथा मंचसंग आबद्ध सदस्यहरुसँग भर्चुअल माध्यमबाट उपस्थित भई गरिएको बैठकले आफ्ना सम्पुर्ण क्षेत्रीय समितिहरुको अधिबेशन यहि ३० नोभेम्बर २०२१ भित्रमा सम्पन्न गरिसक्ने निर्णय गरेको छ।
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/11/19BD2C8F-B27E-4AC2-B632-41A4C6CC9664-711x1024.jpeg)