काठमाडौं, पुस १०/ नेपालका निजी क्षेत्रका संगठनहरुले नेकपा भित्र देखिएको विवादले आफुहरु ीचन्तित भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघले संयुक्त विज्ञप्ती निकालेर राजनीतिक दलहरु समक्ष संयमता पुर्वक निर्णय लिन अपिल गरेका छन् । उनीहरुले राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नया“ नया“ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नया“ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गतिलिन सक्ने यथार्थतालाई कसैले पनि भुल्न नहुने बताएका छन् ।

विश्वव्यापी कोभिड १९ का कारण मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित भएको विज्ञप्तीमा उल्लेख छ ।
राजनीतिक स्थिरताको आर्थिक विकाससंग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले अन्यौलता सृजना गर्नेमा निजी क्षेत्र शसंकित एवं चिन्तित भएको छ र भर्खरै चलायमान हुन थालेको मुलुकको अर्थतन्त्र र सर्वसाधारणको जिवीकोपार्जनमा समेत गम्भीर असर पर्नेमा हाम्रो चिन्ता छ । बिज्ञप्तीमा भनिएको छ ।
नेपाल उद्योग वाणिज्य महासघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघ संयुक्त रुपमा यस बिषम परिस्थितिमा सम्पुर्ण राजनीतिक दलहरू समक्ष सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन आग्रह गरेका छन ।