![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2022/05/279908777_5463424457035124_117312394772679501_n.jpg)
गैर आवासीय नेपाली संघ, स्पेन क्षेत्रीय समिती पाइस भास्कोले प्रकासन गरेको नेपाली भित्ते पात्रोको आइतवार बिमोचन गरिएको छ । एनआरएनए क्षेत्रीय समितीको पदाधिकारी, विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागितामा भएको एक कार्यक्रमका बीच भित्ते पात्रोको बिमोचन गरिएको एनआरएनए क्षेत्रीय समिती पाइसभास्कोका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुुभयो । कार्यक्रममा एनआरएनए स्पेनका पुर्ब उपाध्यक्ष तुल्सीबहादुर गुरुङ, एनआरएनए स्पेनका बर्तमान सचिव दीपेन्द्र अर्याल, क्षेत्रीय समितीका पुर्व अध्यक्ष महानारायण चौधरी सहित पाइसभास्को क्षेत्रका सामाजिक अगुवाहरु कृष्ण सिग्देल, राम दाहाल, केशव रिजाल, पाइसभास्को समाजका उपाध्यक्ष अर्विन यादव, सविन पोखरेल, महेश घिमिरे लगायत क्षेत्रीय राजनीतिक संगठनका प्रतिनिधीको उपस्थिती रहेको थियो ।
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2022/05/280010965_5463424360368467_1343018215246486715_n-1024x768.jpg)
परदेशमा बसेर पनि नेपाली तिथीमिति र नेपाली चाडपर्व तथा सस्कारहरुको स्मरणको लागि सहज होस भनेर नेपाली भित्ते पात्रो प्रकासन गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
गैर आवासीय नेपाली संघ क्षेत्रीय समिती पाइस भास्कोबाट पहिलो पटक प्रकाशन भएको उक्त भित्ते पात्रो प्रकाशनमा सहयोग गर्नु हुने संघ संस्था,ब्यवसायी,सामाजिक अभियान्ताहरुमा एनआरएनए क्षेत्रीय समिती पाइसभास्कोले धन्यवाद ब्यक्त गरेको छ