• Tue. Apr 30th, 2024

SPAIN NEPAL COM

जनसम्पर्क समितीको आयोजनामा आज बार्सिलोनामा बृहत साँस्कृतिक कार्यक्रम हुँदै

Byspainnepal

May 1, 2022

जनसम्पर्क समिती स्पेनको आयोजनामा आइतवार स्पेनको बार्सिलोनामा बृहत साँस्कृतिक कार्यक्रम हुँदै छ । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि रोकिएका नेपाली समुदायका सार्वजनिक कार्यक्रम र सभा सम्मेलनहरु विस्तारै शुरु हुन थालेका छन । यसै सन्दर्भमा जनसम्पर्क समितीले नयाँ बर्षमा विशेष कार्यक्रम गर्ने प्रचलन अनुसार यो बर्ष पनि बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको लागि सबै तयारी पुरा भएको समितीका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सवै स्पेनवासी नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन आब्हान गर्नु भएको छ ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु सन्दिप न्यौपाने, रमिला न्यौपाने, साइमा श्रेष्ठको विशेष सांगितिक प्रस्तुतीको साथमा चर्चित स्टोरी टेलर साइग्रेसको विशेष प्रस्तुती रहने छ । साथै स्थानीय कलाकारहरुको नृत्य तथा नाटक प्रर्दशन र नेपाली पाठशाला तथा इनासको समेत प्रस्तुती र कार्यक्रमको अन्त्यमा डिजे सेसन रहने अध्यक्ष श्रेष्ठले बताउनुभयो । कोरोनाको महामारीका कारण लामो समयदेखि नेपालीहरुको बीचमा जमघट नभएको सन्दर्भमा पछिल्लो समयमा कोरोनाको भय कम हुदै गएको र नेपालीहरुको बीचमा थप भाइचारा बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *