• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

अमेरिकाको-मेरिल्याण्डमा-भएको-गोलिकाण्डमा-एक-नेपाली-सहित-चार-जनाको-निधन,-एक-नेपाली-घाइते

Byspainnepal

May 9, 2021

अमेरिकाको मेरिल्याण्ड राज्य स्थित बाल्टिमोरमा गोली लागेर एक नेपाली युवाको निधन भएको छ भने अर्का एक नेपाली युवा घाईते भएका छन्। घाईते युवाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ।

जोडिएको घरमा आगो लागेको देखेपछी आफ्नो सामान सुरक्षित गर्न लागेका ति युवालाई ढोकाबाट निस्कने बित्तिकै गोलि हानिएको थियो। अर्का एक युवालाई पनि त्यही क्रममा गोलि लागेको हो। एक जना नेपाली परिवारसंगै बसेका ती युवाहरु १० दिन अगाडी मात्र क्यालिफोर्नियाबाट मेरिल्याण्ड आएका थिए।

घटनास्थल मे ८ तारिख बिहान ६:४० बजे बाल्टिमोर काउन्टीको Tuscany/Woodlawn एरियामा पर्दछ।

युवाहरुको परिवारलाई नेपालमा सम्पर्क गर्न प्रयास भैरहेको सोहि क्षेत्रमा बसोबास गर्नुहुने बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिका बानाका महासचिव किरण ढकालले बताउनु भयो। घटनास्थलमा बानाका अध्यक्ष सुबोध विलास पन्त लगायतका समाजसेवीहरुको उपस्थिति थियो।

“यो एउटा दुखद घटना भयो।” बिहानैदेखि घटनास्थलमा रहेर ति युवाहरु र घरबेटी नेपालीलाई सहयोग गरिरहेका समाजसेवी तथा ब्यबसायी बिनोद उप्रेतीले भन्नुभयो। घटनास्थलबाट अस्पताल जादै गर्नु भएका उप्रेतीले भन्नु भयो, “एक जना होनहार भाईलाई गुमाएका छौं। अति नै दुख लागेको छ। अर्को भाईलाई भेट्न अस्पताल जादैछु।”

निधन भएका र घाईते दुवै युवाको नाम प्राप्त भएको छ तर उनीहरुको नेपाल परिवारलाई जानकारी नभएको हुँदा मानवीय समबेदनालाई ख्याल गरेर अहिले नै सार्बजनिक गरिएको छैन। उनीहरुलाई गोलि हान्ने ब्यक्तिले नै आफ्नो छिमेकी श्रीमान र श्रीमतीलाई गोलि हानेर छिमेकीको घरमा आगो लगाईदिएको बुझिएको छ।

गोलि हान्ने ब्यक्तिले प्रहरीलाई पनि आक्रमण गर्न थालेपछि प्रहरीको जवाफी कारवाही उनि पनि मारिएका छन्। घटना बारे बिस्तृत जानकारी आउन बाँकी नै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *