• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

प्रधानमन्त्रीद्वारा पुनःनिर्मित धरहराको उद्घाटन (तस्बिरहरु)

Byspainnepal

Apr 24, 2021

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित धरहराको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले शनिवार बिहान आयोजित एक कार्यक्रमबीच धरहराको उद्घाटन गरेका हुन् । धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी बार्दलीमा पुगेका थिए । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृश्यावलोकन गरेका थिए ।

विसं २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गरेको हो । धरहरा पुनःनिर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए । यसको अग्लाइ जमिनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव मणिराम गेलालले बताए ।



तस्बिरहरु प्रधानमन्त्रिको सचिवालयबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *