• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

एनआरएनए म्याड्रिडको साधारणसभा तथा १११औं नारी दिवस सम्पन्न

Byspainnepal

Mar 14, 2021

गैरआवासीय नेपाली संघ क्षेत्रीय समिती म्याड्रिडको बार्षिक साधारणसभा तथा नारी दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल (जुम) माध्यमबाट भएको उक्त साधारणसभा सम्पूर्ण नारीहरुकै लागि सर्मपण गरिएको क्षेत्रीय समितीका अध्यक्ष सुजिल गोलेले बताउनुभयो । “स्वदेशका चुनौती र विदेशका अनुभवहरु” भन्ने शीर्षकलाई केन्द्रित गर्दै कार्यक्रममा बिभिन्न क्षेत्रका महिलाहरुलाई सहभागी गराएर उहाँहरुको सम्मान तथा उहाँहरुको अनुभव आदानप्रदान गरिएको थियो । नेपाली पाठशाला बार्सिलोनाका संयोजक सरला सापकोटा, नेपाली राष्ट्रिय महिला फुटबलका प्रशिक्षक भगवती राना मगर,भूपू अन्तराष्ट्रिय उस्सु खेलाडी झरना गुरुङ, अन्तराष्ट्रिय नेपाली साहित्य समाज स्पेन अध्यक्ष शारदा पौडेल, जुनियर नेपाली राष्ट्रिय फुटवल खेलाडी अस्मिता बैद्य, एनआएनए स्पेन महिला संयोजक मौसमि गुरुङ लगायत विभिन्न क्षेत्रमा अग्रणी भुमिका निभाउनु भएका महिला प्रतिनिधीहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ म्याड्रिडका सदस्य ज्योति मगरले स्वागत मन्तव्य राख्नुभएको थियो।कार्यक्रममा सम्मानित महिलाहरुको तर्फबाट बोल्दै नेपाली पाठशाला बार्सिलोनाका संयोजक सरला सापकोटाले आफुहरुले धेरै भन्दा धेरै महिला दिदिबहिनीहरु अगाडी आउनुपर्दछ भन्ने चाहेको बतानुभयो ।
यस्तै साहित्यकार शारदा पौडेलले महिलाहरुलाई अरु क्षेत्रमा जस्तै साहित्य क्षेत्रमा पनि अगाडी बढ्न आफुले सवैलाई हौसला दिइरहेको बताउनुभयो र एउटा सान्दर्भिक गजल वाचन गरेर कार्यक्रममा छुट्टै माहौल सिर्जना गर्नुभयो। कार्यक्रममा महिला फुटवल प्रशिक्षक भगवती रानामगरले महिलाहरुले खेलकुद लगायत सवै क्षेत्रमा आफ्नो सफलता पाउन सक्ने र त्यसको लागी महिलाहरुलाई सहयोग गर्न आफु लागिरहेको बताउनुभयो । एनआरएनए स्पेन महिला संयोजक मौसमि गुरुङले एनआरएनए मार्फत महिला सशक्तिकरणको लागि भुमिका खेलिरहेको र यो क्रम जारी नै रहने बताउनुभयो साथै भूपु अन्तराष्ट्रिय उस्सु खेलाडि झरना गरुङ्गले आगमी दिनमा विदेशमा रहेका नारीहरु तथा इच्छुक व्यक्तिहरुलाई सेल्फ डिफेन्सका कक्षाहरु प्रदान गर्ने इच्छा प्रकट गर्नुभएको थियो।
एनआरएनए क्षेत्रीय समिती म्याड्रिडका अध्यक्ष सुजिल गोलेको अध्यक्षता र सचिव सागर श्रेष्ठ भोटेले सञ्चालन गर्नु भएको कार्यक्रममा एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ पुर्व अध्यक्ष एकराज गिरी, एनआरएनए स्पेनका सल्लाहाकार जीवन प्रसाईं ,उपाध्यक्ष उत्तरकुमार राइ, तुल्सी गुरुङ, एनरआरएनए क्षेत्रीय समिती पाईस भाष्को ,स्पेनका अध्यक्ष कमला बराल,एनआरएनए क्षेत्रिय समिति कोस्टाब्लान्का स्पेनका अध्यक्ष सुरेन्द्र भुजेल थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यसैगरी एनआरएनए म्याड्रिडका अध्यक्ष सुजिल गोलेले नेपाली खेलकुदलाई सम्मना र उहांहरुले गर्नुभयो योगदानलाई कदर गर्दै नेपाली राष्ट्रिय महिला खेलाडि (जूनियर ) अस्मिता वैद्य तथा नेपाली

राष्ट्रिय महिला टिमका प्रशिक्षक भगवति राना मगरज्युलाई एनआरएनए म्याड्रिडले आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो।
वार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक विवरणहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *