• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

स्पेनमा ४६ लाखले भ्याक्सिन लिए, जोन्सन एण्ड जोन्सनको भ्याक्सिन अप्रिलमा आउने

Byspainnepal

Mar 9, 2021

स्पेनमा अहिलेसम्म ४६ लाखले कोरोना बिरुद्दको भ्याक्सिन लिइसकेका छन् । स्पेनले यो समरसम्म देशका ७० प्रतिसत नागरिकलाई भ्याक्सिन लगाइसक्ने लक्ष्य राखेको छ । अब यसको लागि २७ हप्ता बाँकी रहेको छ । जनसंख्याको ७० प्रतिसत पुर्याउन ३ करोड ३० लाख जनतालाई भ्याक्सिन लगाउनुपर्ने छ । यसको लागि हप्ताको २ लाख २० हजारलाई भ्याक्सिन लगाउनुपर्ने हुन्छ । अहिले यसअनुसार भ्याक्सिन उपलब्ध हुन नसेपनि अब अर्को हप्ताबाट थप भ्याक्सिन आउने र अप्रिल महिनासम्म जोन्सन एण्ड जोन्सनको ४८ लाख भ्याक्सिन पनि आइपुग्ने स्पेन सरकारले जनाएको छ । एक डोज मात्रै लगाए पुग्ने उक्त भ्याक्सिन आएपछि यो संख्या छिटो बढ्ने छ । अहिले स्पेनमा मोडेर्ना, फाइजर र एस्ट्रा जेनेकाको भ्याक्सिन लगाउदै आइरहेको छ । युरोपियन कमिसनले अप्रिल र जुनको बीचमा ३० करोड भ्याक्सिन बाढ्दै छ । यसले स्पेनमा ३ करोड भ्याक्सिन मात्रै आउने देखिन्छ । यो लक्ष्यको २० प्रतिसत कम हो ।
यसैबीच स्पेनको भ्यालेन्सिया राज्यले यस क्षेत्रमा बस्ने सवै विदेशीलाई समेत भ्याक्सिन दिने बताएको छ । यसअघि स्पेनकै आन्डालुसियाले स्पेनको सामाजिक सुरक्षामा समावेश नभएकालाई भ्याक्सिन नदिने जनाएको थियो । तर भ्यालेन्सियाले भने दिने भएको छ । भ्यालेन्सियाको आलिकान्तेमा मात्रै ७० हजार युके नागरिक छन जसमा २० हजार सामाजिक सुरक्षामा समावेश छैनन भने १ हजार अमेरिकन र साडे २ लाख अन्य देशका छन् । उनीहरु सवैले भ्याक्सिन पाउने भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *