• Tue. Apr 30th, 2024

SPAIN NEPAL COM

स्पेनमा खोप लक्ष्य पुरा भएमा यो बर्ष ४५ मिलियन पर्यटक आउने अनुमान

Byspainnepal

Mar 5, 2021


स्पेनमा अहिले जारी रहेको कोरोना बिरुद्धको खोप अभियानले लक्ष्य पुरा गरेमा यो बर्ष सन् २०२१ मा स्पेनले ४५ मिलियन पर्यटक भित्रयाउने एक अध्ययनले देखाएको छ । स्पेनमा आगामी समरसम्म ७० प्रतिसत जनतालाई खोप लगाइसक्ने लक्ष्य राखेको छ ।
एउटा कन्सल्टेन्सी ग्रुप सिमोन– कुचेर र साझेदारले गरेको एक अध्ययनले यस्तो अनुमान गरेको हो । अहिले पनि कोरोना नियन्त्रणका लागि विभिन्न प्रतिबन्द्ध र यात्रा बन्देज कायमै रहेको भएपनि जारी रहेको खोप अभियान लक्ष्य अनुसार पुरा भएमा स्पेनको पर्यटन क्षेत्रले पुर्नजीवन पाउने उक्त अध्ययनले भनेको छ । “सकारात्मक तर सिमित” भनिएको उक्त अध्ययनले यदि खोप अभियानले लक्ष्य पुरा नगरेमा यो संख्या १५ मिलियनमा झर्ने र स्पेनको पर्यटन क्षेत्रले ६० हजार मिलियनको नोक्सान बेहोर्ने चेतावनी दिईएको छ । लामो लकडाउनले थला परेको यहाँको होटल र पर्यटन ब्यवसायलाई उठाउन खोप अभियानलाई तिव्रता दिनुपर्ने र अहिले जारी रहेका यात्रा प्रतिबन्द्ध हटाउँदै जानुपर्ने उक्त अध्ययनले सुुझाव दिएको छ ।
तर उक्त अध्ययनले यो बर्ष युरोप क्षेत्रमा २९ प्रतिसत नागरिक मात्रै यो बर्ष विदेश यात्रामा जाने मनस्थितीमा रहेको पाइएको उल्लेख गरेको छ । यसले पनि स्पेनको पयर्टकीय क्षेत्रलाई प्रभावित पार्ने छ । यस्तै स्पेनको पयर्टक संख्यामा २५ प्रतिसत भन्दा धेरै हिस्सा रहेको ब्रिटेनमा खोप अभियान कसरी अगाडी बढ्छ भन्ने कुराले पनि असर गर्ने भन्दै अध्ययनले हालैको ब्रेजिक्टको नयाँ नियमहरुले पनि असर पार्ने उल्लेख गरेको छ । स्पेनमा गत बर्ष २० मिलियन मात्रै पर्यटक भित्र्याएको थियो यो ७५ प्रतिसतको गिरावट हो ।
द लोकलबाट अनुवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *