• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

कोभिड बिरुद्धको ट्याबलेट पनि आउने

Byspainnepal

Feb 27, 2021


इन्जेक्सनको प्रयोग हुँदै आएको कोरोना भाइरसविरुद्धको खोपमा अब ट्याबलेट समेत पाइने भएको छ । इन्जेक्सन लगाउन डराउनेहरूका लागि खोपमा इन्जेक्सनको सट्टा ट्याबलेट उपलब्ध गराउनेबारे वैज्ञानिकहरूले अनुसन्धान सुरू गरेका छन् । अक्सफोर्ड विश्विवद्यालयका वैज्ञानिकहरूले ‘इन्जेक्सन फ्रि’ खोपबारे अनुसन्धान सुरू गरेका हुन् ।

बेलायती सञ्चार माध्यम डेली मेलका अनुसार अक्सफोर्ड(एस्ट्राजेनेका खोपको प्रमुख विकासकर्ता सारा गिल्बर्टले आफ्नो टोलीसँगै इन्जेक्सनमुक्त खोपबारे काम सुरू गरेकी हुन् । सो वैज्ञानिक टोलीले खोपमा इन्जेक्सनको विकल्पमा नाकमा हाल्ने ९नेजल स्प्रे० वा ट्याबलेटबारे खोज गर्दैछ ।

यसले खोपको भण्डारणका लागि तापक्रम व्यवस्थापनको झन्झट पनि हट्ने विश्वास लिइएको छ । प्रोफेसर गिल्बर्टले ट्याब्लेट वा नाक स्प्रेले फोक्सो, घाँटी र नाकको प्रतिरक्षा कोशिकामा राम्रो काम गर्ने बताएकी छिन् । प्रोफेसर गिल्बर्टले हाउस अफ कमन्स साइन्स एण्ड टेक्नोलोजी कमिटीसँग भनेकी छिन्( ‘कयौँ यस्ता फ्लु भ्याक्सिनहरू छन् जुन नेजल स्प्रेमार्फत् दिइन्छ, कोरोना भ्याक्सिन पनि यसैगरी बनाउनु भनेको राम्रो कुरा हो । मौखिक खोपबारे पनि छलफल भइरहेको छ । जसलाई इन्जेक्सनसँग डर लाग्छ, उनीहरू ट्याबलेटमार्फत् खोप लिन सक्नेछन् ।’

यद्यपी सुरक्षा र प्रभावकारिताबारे परीक्षण गर्न बाँकी रहेको हुँदा ट्याबलेट खोप बन्न भने केही समय लाग्न सक्ने प्रोफेसर गिल्बर्टको भनाइ छ । उनका अनुसार इन्जेक्सनको तुलनामा नेजल स्प्रे र ट्याबलेटबाट मिल्ने प्रतिरक्षा प्रतिक्रिया फरक हुन सक्छ तर यसको फाइदा धेरै हुनेछ । भविष्यमा भ्याक्सिन दिने अन्य विकल्पबारे पनि खोजी गरिनेछ ।

गत महिना, एक बेलायती बायोटेक कम्पनीले गरेको एउटा परीक्षणमा बाँदरलाई दिइएको कोरोना भाइरसको मौखिक भ्याक्सिन धेरै प्रभावकारी पाइएको थियो । क्यालिफोर्नियाको कम्पनी इम्युनिटीबायोले बेलायतमा यसको परीक्षणका लागि नियामक स्वकृति मागेको छ ।

अमेरिकाका मानिसमा जनवरीदेखि ट्याबलेटको क्लिनिकल परीक्षण सुरू गरिसकिएको छ । यस्तै बेलायतका मानिसमा नेजल स्प्रेको परीक्षण सुरू गरिएको छ । पशु अध्ययनमा सकारात्मक सुरक्षा डाटा प्राप्त भएपश्चात् यूके मेडिसिन्स एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले परीक्षणका लागि स्वीकृति दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *