• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

पोल्याण्डमा बन्यो ५३ तले भवन, युरोपियन युनियन भित्रकै अग्लो

Byspainnepal

Feb 23, 2021

एस डी अर्पण
२३ फेब्रुरी,पोल्याण्ड । पोल्याण्डको राजधानी वार्सावामा बन्दै गरेको भार्सो युरोपियन युनियन देशहरु कै अग्लो भवनको नाममा दर्ता गराउँन सफल भएको छ, जसको उचाई ३१० मिटर अर्थात १,०१७ फिट कायम भएको छ। यसअघि युरोपियन युनियन देशहरु मध्ये अग्लो स्काइस्क्रेपर लण्डनमा शार्प लण्डन थियो जसको उचाई ३०९.६ मिटर अर्थात १०१६ फिट छ । त्यसो त इंगल्याण्ड युरोपियन युनियनबाट अलग्गिएपछि अग्लो भवन फ्रांकफ्रटमा अवस्थित कमर्बैंक टावरको नाममा थियो, जसको उचाई २५९ मिटर अर्थात ८५० फिट छ।
वार्सावाको केन्द्रिय रेल्वे स्टेसन नजिकै निर्माणाधीन भार्सो टावरको डिजाईन फोस्टर एंड पार्टनरले गरेको हो भने निर्वाणको जिम्मा एचबि रेविस ले गर्दै छ। यो टावर २०२१ को अन्त्य तिर या २०२२को सुरुवात तिर संचालनमा आउने समाचारहरु आएका छन्।

शनिवार ५३ औं तल्लाको काम थालनी भए संगै यसले युरोपको अग्लो भवनको श्रेय पाएको हो। यस टावरको ४९ औं र ५३ औं तल्लामा वार्सावा अवलोकनको लागि भ्यु टेरेस निर्माण हुनेछ। हाल प्यालेस ओफ कल्चरको ३० औं तल्लाबाट वार्सावाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। भार्सो टावर अघि प्यालेस ओफ कल्चर नै पोल्याण्ड को अग्लो भवनको रुपमा रहेको थियो जसको उचाई २३७ मिटर अर्थात ७७८ फिट छ। विश्वकै अग्लो भवन भने युएई को बुर्ज खलिफा हो भने यूरोपको अग्लो भवन लाखता सेन्टर हो जसको उचाई क्रमश: ८२८ मिटर ४६३ मिटर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *