• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

संक्रमण घटेपछि स्पेनका धेरै क्षेत्रमा प्रतिबन्द्ध खुकुलो पारिदै

Byspainnepal

Feb 20, 2021


स्पेनका केही क्षेत्रहरुमा कोरोना संक्रमणको दर घट्न थालेपछि यसअघि लगाइएको प्रतिबन्द्धलाई केही खुकुलो पार्न लागिएको छ । अहिले स्पेनको संक्रमणदर प्रति एकलाखमा ३२१ मा झरेको छ । जवकी यो दर जनवरीमा ९ सय सम्म पुुगेको थियो । संक्रमणदर घटेपछि म्याड्रिड, नाभारे, कानरी आइसल्याण्ड लगायतका क्षेत्रमा हिडडुलको प्रतिबन्ध केही खुकुलो बनाइएको छ भने कातालोनिया, भ्यालेन्सिया, आन्डुलुसिया लगायतका स्थानमा प्रतिबन्ध खुकुलो बनाउनेबारे छलफल भैरहेको छ । म्याड्रिडमा यसअघि ७ वटा सिटीमा हिडडुलमा लगाइएको प्रतिबन्द्ध हटाइएको छ र कर्र्फयुु राती ११ वजेदेखि लगाइएको र बार तथा रेन्टुरेन्ट पनि खोल्न दिइएको छ । कातालोनियामा एक हप्ता अझै विचार गरेर मात्रै खुकुलो बनाउने बताइएको छ । भ्यालेन्सिया क्षेत्रमा अर्को बिहिबारसम्ममा अहिलेको प्रतिबन्द्धबारे् पुर्नविचार गर्ने जनाईएको छ । नाभारेमा बार तथा रेष्टुुरेन्टहरु ३० प्रतिसत क्षमतामा खोल्न दिइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *