• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

स्पेनको कातालोनियामा स्वतन्त्रता पक्षधर पार्टीहरुको बहुमत

Byspainnepal

Feb 16, 2021


स्पेनको कातालोनियामा फेब्रअरी १४ तारिकमा भएको राष्ट्रपति चुनावमा स्पेनको केन्द्रीय सत्तारुढ पार्टी पेसोइ सवैभन्दा ठुलो पार्टी बनेको छ भने कातालोनियामा लामो समयदेखि स्वतन्त्रताको माग गर्दै आएका पार्टीहरुले बहुमत ल्याएका छन् । स्पेनका पुर्व स्वास्थ्य मन्त्री समेत रहेका साल्भाडोरलाई ठुलो पार्टीको हैसियतमा मार्च १२ सम्म सरकार बनाउन समय दिईएको छ । त्यससमयसम्म उनले बहुमत जुटाउन नसके अरु पार्टीले सरकारले बनाउनेछन् । साल्भाडोरले ३३ सिट ल्याएका छन भने स्वतन्त्रताको पक्षमा रहेका इआरसीले ३३ र खुन्तोसले ३२ र कोपले ९ सिट ल्याएका छन् । सरकार बनाउन ६८ सिट चाहिनेमा यि दलले ७४ सिट जितेका छन् । यि पार्टीहरुले अब प्रजातान्त्रिक रुपमै स्वतन्त्रताको माग केन्द्र सरकार र युरोपियन युनियन समक्ष माग गर्ने बताएका छन् । यस्तै पहिलो पल्ट चुनावमा भाग लिएको भोक्स पार्टीले पनि ११ सिट ल्याएको छ । उक्तपार्टीले आप्रबासी विरोधी पार्टीको रुपमा लिइन्छ । कातालोनिया स्पेनको सवैभन्दा धेरै आप्रबासी भएको राज्य हो । उक्त चुनावमा केन्द्रमा प्रतिपक्षमा रहेको पेपे पार्टीले ३ सिट मात्रै ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *