• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

स्पेनमा २४ घण्टामा ४२ हजार संक्रमित थपिए, म्याड्रिड,बिल्वाओ र भ्यालेन्सियामा कडाई

Byspainnepal

Jan 22, 2021

स्पेन, २२ जनवरी / स्पेनमा २४ घण्टामा ४२ हजार ८८५ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएका छन् । यस्तै ४ सय संक्रमितको मृत्यु भएको छ । स्पेनमा अहिलेसम्म २४ लाख ९९ हजार ५ सय ६० लाई कोरोना संक्रमण भएको छ भने मृत्युुहुनेको संख्या ५५ हजार ४४१ पुगेको छ ।

केहि हप्तादेखि स्पेनमा बढेको संक्रमण र अस्पतालहरुमा भएको चापले गर्दा धेरै स्थानीय सरकारहरुले थप कडाईका नियमहरु ल्याएका छन् । म्याड्रिडमा बेलुका ९ वजेदेखि रेष्टुरेन्ट, बार र पसलहरु बन्द गर्नुपर्ने नियम ल्याएको छ । म्याड्रिडमा धेरै प्रभावित ५६ वटा हेल्थ जोनहरु र २५ वटा नगररपालिका क्षेत्रमा कडाई गरिएको हो । यि ठाँउहरुमा १० वजेदेखि कर्र्फयु लगाइएको छ । यस्तै बास्के सिटी अन्र्तगत पर्ने प्रभावित क्षेत्रहरुका २५२ नगरपालिकामा थप कडाई गरिएको छ । अहिले १० वजे देखि लगाइएको कर्र्फयु ८ वजे ल्याउन प्रस्ताव गरिएको छ । भने विल्वाओ लगायत ५० वटा क्षेत्रमा एकबाट अर्को सिटिमा जान प्रतिबन्ध लगाईएको छ । यस्तै भ्यालेन्सिया क्षेत्रमा विहिबारबाट सम्पुर्ण रेष्टुरेन्ट तथा बारहरु बन्द गरिएका छन भने ६ वजेदेखि अत्यावश्यक बाहेकका पसल बन्द गरिएका छन् । केही दिनदेखि भ्यालेन्सिया, कास्तियोन र आलिकान्तेमा गत अक्टुवरमा संसदबाट पारितन भएको नियम अनुसार पहिलेको जस्तो लकडाउन गर्न सम्भव नदभएपनि स्थानीय सरकारले गर्नसक्ने अधिकतम कडाइमा नियमहरु लगु गर्नुपर्ने अबस्था आएको यहाँका अधिकारीले बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *