• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

६२ जना यात्रु सहितको विमान इन्डोनेसियामा समुन्द्रमा खसेको आशंका

Byspainnepal

Jan 9, 2021

९ जनवरी । इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको केही समयमै सम्पर्कविहीन भएको विमान समुन्द्रमा खसेको आशंका गरिएको छ । श्रीविजया एयरको बोइङ ७३७ जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कविहीन भएको थियो । २६ वर्ष पुरानो यो विमानमा ६२ जना सवार थिए । जसमध्ये ५६ यात्रुमा ३ शिशु र ७ बालबालिका छन् । दुई पाइलट र चार चालक दलका सदस्य थिए ।

एक मिनेटभन्दा कम समयमा १० हजार फिट तल झरेको थियो विमान समुन्द्रमा खसेको आशंका गरिएको छ । समुन्द्रमा केही शंकास्पद शवशेषहरु पनि भेटिएको छ । विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू स्थानीय टेलिभिजन र सामाजिक सञ्जालमा देखाइएको तर ती वेपत्ता विमानका नै भग्नावशेष हुन् भनी पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको बीबीसीले जनाएको छ ।
राजधानी जकार्ताबाट उडेको उक्त विमानसँग अन्तिमपटक स्थानीय समय अनुसार २ बजेर ४० मिनेट जाँदा सम्पर्क भएको बताइएको छ । इन्डोनेसियाको नेशनल रिसर्च एण्ड रेस्क्यू एजेन्सीका अधिकारीहरुले दुघर्टना स्थल पत्ता लगाउने प्रयास भइरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *