• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक (यस्ता छन् लोकप्रिय कार्यक्रम)

Byspainnepal

May 29, 2021

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। बजेट अध्यादेश ल्याएको बजेटमा चालू खर्चतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेको छ । यो कुल बजेटको ४१. २ प्रतिशत हो।
त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको २२. ७ प्रतिशत हो । वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको छ । यो कुल बजेटको १.६ प्रतिशत हो ।
पौडेलले अर्थमन्त्रीका रुपमा दोस्रो पटक देशको बजेट सार्वजनिक गरेका हुन् । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। बजेट अध्यादेश ल्याएको बजेटमा चालू खर्चतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेको छ । यो कुल बजेटको ४१. २ प्रतिशत हो।
त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको २२. ७ प्रतिशत हो । वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको छ । यो कुल बजेटको १.६ प्रतिशत हो ।
पौडेलले अर्थमन्त्रीका रुपमा दोस्रो पटक देशको बजेट सार्वजनिक गरेका हुन् ।

सरकारले ल्याएको बजेटमा यस्ता छन् लोकप्रिय कार्यक्रम:

१. ज्येष्ठ नागरिक भत्ता बृद्धि – मासिक ४ हजार रुपैयाँ

२. आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने

३. शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, ब्याजदर ५ प्रतिशत

४. लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन

५. तरकारी, दूध र माछा- मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने

६. विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने

७. निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

८. ३ वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम सुरु गरिने

९. निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट

१०. विवादित संसद बिकास कोष र गरिबी निवारण कोष खारेज!

११. स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा

१२. पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार, ७ लाखको दुर्घटना बीमा

१३. नेपाल टेलिकमका प्रयोगकर्तालाई २२ प्रतिशत शेयर

Leave a Reply

Your email address will not be published. Required fields are marked *