• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

स्पेन-पोर्चुगल सिमाना तीन महिनापछि शनिवारबाट खुल्ने

Byspainnepal

Apr 30, 2021


स्पेन र पोर्चुुगलबीचको सिमा शनिबारदेखि खुल्ला हुने भएको छ ।
कोरोना संक्रमणका कारण पोर्चुगल र स्पेनको सिमाना गत जनवरी ३१ तारिकदेखि बन्द गरिएको थियो । अब शनिवारदेखि पोर्चुगल र स्पेनको रेसिडेन्सी भएका नागरिकहरु अत्याबश्यक बाहेकका कामका लागि पनि आवतजावत गर्न पाउनेछन् । उता भारत लगायका दक्षिण एसियाका देशहरुमा कोरोनाको नयाँ भेरियन्टको संक्रमण बढेपछि स्पेन पोर्चुगल लगायतका देशरुले भारतबाट आउने हवाई यात्रुहरुमा अनिवार्य क्वारेण्टिन बस्नुपर्ने नियम बनाएका छन् ।

स्पेन र पोर्चुगलले यसघिदेखि नै कोरोना संक्रमणदर उच्च भएका देशहरु जस्तै ब्राजिल , दक्षिण अफ्रिका, र केहि युरोपियन देशहरुबाट आउने यात्रुहरुमाथि क्वारेण्टिन बस्नुपर्ने नियम लगाएको थियो ।

यो संगै ब्राजिल, दक्षिण अफ्रिका, भारत, बुल्गेरिया, चेक रिपब्लिक, साईप्रस , क्रोसिया, स्लोभेनिया, एस्तोनिया, फ्रान्स, हंगेरी, नेदरल्याण्ड, पोल्याण्ड, र स्वीडेनबाट आउने यात्रुहरुले तोकिएको होटेल अथवा घरमै आइसोलेशनमा बस्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *