• Wed. Apr 17th, 2024

SPAIN NEPAL COM

स्पेन-पोर्चुगल बोर्डर मार्च ३१ सम्म बन्द

Byspainnepal

Mar 16, 2021


स्पेन र पोर्चुगलबीचको बोर्डर आगामी मार्च ३१ तारिकसम्मका लागि बन्द नै रहने भएको छ ।
कोरोना महामारीका कारण पोर्चुगलमा तेह्रौपटक संकटकाल लागू गरिएको छ भने स्पेनमा पनि कडाई गरिएको छ । कोरोना महामारीका कारण हुनसक्ने संक्रमण जोखिम न्यूनीकरणका लागि सिमा बन्द गर्नुपरेको हो।
सिमा बन्द भएतापनि केहि अत्यावश्यक काम र ढुवानीका लागि भने सिमा खुला नै रहनेछ। अन्तराष्ट्रिय मालसामान ढुवानी, सीमापार कामदारहरु , सिजनल कामदारहरु, इमर्जेन्सी र उद्धार सेवाका लागि सिमा खुला नै रहने पोर्चुगल सरकारले जनाएको छ।
त्यस्तै पोर्चुगलको आवास अनुमति भएकाहरु र स्पेनको आवास अनुमति भएकाहरु आउन जानजान पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *