• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

स्पेनले २०२२ मा १८ बर्ष पुग्ने युबालाई ४०० यूरो सांस्कृतिक भत्ता दिने, कम आम्दानी भएकालाई २५० यूरो घरभाडा

Byspainnepal

Oct 6, 2021

स्पेन सरकारले आगामी बर्ष २०२२ मा १७ बर्ष पुगेर १८ लाग्ने सबै युबालाई सांस्कृतिक भत्ताको रुपमा ४ सय यूरो दिने भएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले बुधवार स्लोभनियामा भएको ईयुको एक बैठकमा सम्बोधन गर्दै सरकारले ल्याउन लागेको आगामी बजेटमा यो भत्ताको कार्यक्रम समेट्न लागेको जानकारी दिए । सांस्कृतिक भत्ताको रुपमा दिन लागिएको उक्त रकमले युबाहरुले बिभिन्न सांस्कृतिक क्रियाकलापमा खर्च गरुन भन्ने चाहेको उनले बताए । यस्तो युबालाई सांस्कृतिक भत्ता दिने कामको सुरुवात फ्रान्स र इटालीले गरिसकेका छन । सरकारको डाटा अनुसार २०२२ मा १८ बर्ष पुग्ने युबाको संख्या ४, ५४,५९१ रहेको छ । उनिहरुले यो भत्ता पाउने छन। यसको लागि सरकारले २ सय मिलियन यूरो खर्च गर्ने योजना बनाएको छ ।
यस्तै स्पेन सरकारले १८ देखि ३५ बर्ष सम्मका कम आम्दानी भएका युबाहरुलाई मासिक २५० यूरो घर भाडाको लागी उपलब्ध गराउने भएको छ । बर्षको कुल आम्दानी २३ हजार ७ सय ५० यूरो भन्दा कम आम्दानी भएका यूबालाई यो सहयोग गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *