• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

स्पेनमा समर सम्ममा ७० प्रतिसत जनताले भ्याक्सिन पाउने

Byspainnepal

Jan 7, 2021

स्पेन,७ डिसेम्बर/ स्पेनले दश दिन भित्र अमेरिकन मोडेर्ना कम्पनिको ६ लाख भ्याक्सिन पाउने भएको छ । स्पेनका स्वास्थ्य मन्त्री साल्भाडोर बुधवार उक्त भ्याक्सिनको पहिलो डोज सात देखि दश दिन भित्र उपलब्ध हुने जानकारी दिएका छन् । युरोपियन कमिसनको स्विकृतीमा आउन लागेको उक्त भ्याक्सिनले ३ लाख नागरिकको इम्युनिटी बढाउने छ । स्पेनमा आउन लागेको यो दोश्रो भ्याक्सिन हो । यसअघि अमेरिकन फाइजर र जर्मन बायोटेक कम्पनिको भ्याक्सिन डिसेम्वरको २७ तारिकबाट उपलब्ध भै भ्याक्सिन लगाउने काम भैरहेको छ । उक्त भ्याक्सिनको नयाँ डोज पनि छिट्टै उपलब्ध हुने र आगामी समर सम्म ७० प्रतिसत नागरिकले भ्याक्सिन पाइसक्ने साल्भाडोरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *