• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

स्पेनमा ४ लाख भन्दा धेरैले लगाए खोप, मोडेर्ना भ्याक्सिन पनि आईपुग्यो

Byspainnepal

Jan 12, 2021

स्पेन, १२ जनवरी / स्पेनमा ४ लाख हजार ९१ जनालाई कोरोना विरुद्दको खोप लगाइएको छ । यो पहिलो चरणमा लिईएको खोप अभियानको लक्ष्यको ५४ दशमलब ६ प्रतिसत हो । पहिलो चरणमा ७ लाख ४३ हजार ९ सय २५ खोप लगाउने लक्ष्य छ । स्पेनमा डिसेम्वर २७ तारिकबाट शुरु भएको खोप अभियानमा १७ वटै प्रान्तमा खोप लगाउने क्रम जारी छ । म्याड्रिडमा सवै भन्दा कम २५ प्रतिसत मात्रै प्रगती भएको छ । भने गालिसिया भ्यासेन्सिया लगायतका प्रान्तमा लक्ष्यको ८० प्रतिसत भ्याक्सिन लगाईएसकिएको छ । म्याड्रिडमा केहिदिनदेखि परेको बाक्लो हिमपातका कारण कोरोना विरुद्दको भ्याक्सिन अभियानमा असर परेको स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् । यसैबीच स्पेनले मंगलबार नयाँ भ्याक्सिन अक्सफोर्ड युनिभर्सिटीको मोडेर्ना भ्याक्सिनको पहिलो लट प्राप्त गरेको छ । उक्त भ्यासिक्नको पहिलो चरणमा आउने ६ लाख भ्याक्सिन मध्ये मंगलबार ३५ हजार ७ सय मोडेर्ना भ्याक्सिन स्पेन आइपुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब यसअघि शुरु भैसकेको फाइजर भ्याक्सिनसंगै मोडेर्ना भ्याक्सिन लगाउन पनि शुरु हुनेछ । उक्त कम्पनिको पहिलो चरणको सवै भ्याक्सिन फेब्रुअरीको अन्तिम सम्म स्पेन आइसक्नेछ । स्पेनमा पहिलो चरणमा स्वास्थ्यकर्मी, अग्रपंक्तिमा काम गर्नेहरु र प्रभावित परिवारका सदस्यलाई भ्याक्सिन दिईएको छ ।
भ्यालेन्सियन कम्युनिटीमा ८० प्रतिसत प्रगति
फाईजर भ्याक्सिनको पहिलो चरणको लक्ष्य अनुसार भ्यालेन्सियन कम्युनिटीले ८० प्रतिसत प्रगति गरेको छ । सोमवारसम्म यसका ३ वटा प्रोभिन्सियामा गरेर ४८ हजार ५ सय ८३ जनाले भ्याक्सिन लगाएका छन् । यो क्रम जारी रहेको र पहिलो चरणमा अझै २९ हजारले भ्याक्सिन लगाउने स्थानीय सरकारले जनाएको छ । भ्यासेन्सियन कम्युनिटीको कास्तियोनमा ५ हजार ५ सय २६, भ्यालेन्सियामा २२ हजार ५ सय ७४ र आलिकान्तेमा १९ हजार ४ सय ८३ जनाले भ्याक्सिन लगाएका छन् । यसक्रममा जम्मा १ हजार २ सय ४९ जनाले भ्याक्सिन लिन अस्विकार गरेका छन् । भ्यालेन्सियन कम्युनिटीमा केहि दिन यता संक्रमण उच्च बढेकोले केहि क्षेत्रमा कडा नियम लागु गरिएको भने रेष्टुरेन्ट ब्यवसाय बेलुका ५ वजेदेखि बन्द र राती १० बजेदेखि हिडडुल गर्न निषेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *