• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

स्पेनमा २४ घण्टामै २५ हजार नयाँ संक्रमण, ४ सय को मृत्यु

Byspainnepal

Jan 12, 2021

स्पेन, १२ जनवरी/ स्पेनमा गएको २४ घण्टामै २५ हजार भन्दा धेरै कोभिडको नयाँ संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा २५ हजार ४ सय ३८ कोरोनाको नयाँ केस भेटिएको जनाएको छ । २४ घण्टामा ४ सय ८ जनाको मृत्यु भएको छ । महामारी शुरु भएदेखि अहिलेसम्म स्पेनमा २१ लाख ३७ हजार २ सय २० जनालाई कोरोना संक्रमण भएको छ भने मृत्यु हुनेको संख्या ५२ हजार ६ सय ८३ पुगेको छ ।
यस्तै इङल्याण्डमा मंगलबार १ हजार २ सय ४३ जनाको मृत्यु भएको छ । यो इङल्याडमा अहिलेसम्मकै एकैदिनमा दोश्रो ठुलो क्षति हो । शुुक्रवार अहिलेसम्मकै धेरै १ हजार ३ सय २५ जनाको मृत्यु भएको थियो । त्यहाँ २४ घण्टामा ४५ हजार नयाँ केस भेटिएका छन भने अहिलेसम्म संक्रमितको संख्या ३१ लाख ६४ हजार पुगेको युरोपा प्रेसले जनाएको छ ।
यस्तै इटालीमा मंगलबार कोरोनाबाट ६ सय १६ जनाको मृत्यु भएको छ भने १४ हजार २ सय ४२ जना केस भेटिएको छ । इटालीमा अहिलेसम्म ७९ हजार ८ सय १९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २३ लाख पुगेको रोयर्टसले जनाएको छ ।
यस्तै केहिदिनयता पोर्चुगलमा पनि कोरोनाको संक्रमण बढेको छ । त्यहाँ २४ घण्टामा अहिलेसम्मकै धेरै १ सय ५५ जनाको मृत्यु भएको छ भने ७ हजार २ सय ५९ जना केस भेटिएको छ । यसैबीच पोर्चुगलका राष्ट्रपति मार्सेलोलाई कोरोना पोजेटिभ देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *