• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

स्पेनमा पुलिस रिपोर्ट प्रमाणिकरणबारे अन्यौल, छाप नलगाएको पुलिस रिपोर्ट रिजेक्ट

Byspainnepal

May 21, 2021

स्पेनमा पहिलो पटक रेसिडेन्सी आवेदन दिनका लागि चाहिने नेपालको प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणिकरणको बारेमा झन अन्लौल सिर्जना भएको छ । नेपाली दुतावास म्याड्रिडले गत जनवरी २० तारिकमा एउटा सुचना निकालेर पहिलो रेसिडेन्सी आवेदनका लागि अनलाइनबाट मगाएको प्रहरी चारित्रिक प्रमाणपत्र सिधै बुझाउन सकिने जनाएको थियो । अनलाइनबाट आएको बारकोड सहितको चारित्रिक प्रमाणपत्र सिधै बुझाएपनि यहाँको सरकारले मान्यता दिने गरी निर्णय भएको भन्दै गत डिसेम्वरको १७ तारिकमा स्पेनको सरकारले दुतावासलाई पठाएको चिठी अनुसार उक्त सुचना निकालिएको दुतावासले जनाएको छ । तर सोही सुचनाका आधारमा पहिलो रेसिडेन्सीका लागि (अराइगो) आवेदन दिएका केही नेपालीको आवेदन रिजेक्ट भएको छ । म्याड्रिडमा यसरी अलनलाइनबाट मगाएको पुलिस रिपोर्ट सिधै पेश गरेर पेपर अप्लाई गरेका ३ जनाको रिजेक्ट भएको एनआरएनए स्पेनका सचिव मेघनाथ ढकालले बताउनुभयो । यसबारेमा आफुहरुलाई धेरैले गुनासो गरेको उहाँले बताउनुभयो । यसरी रिजेक्ट भएको आवेदनमा पुलिस रिपोर्ट लिगलाइज नभएको (फाल्ता) देखाइएको छ ।

पुलिस रिपोर्टको “फाल्ता” देखाएर रिजेक्ट गरिएको आवेदन

दुतावासको सुचनाका आधारमा छाप नलगाइकन पुलिस रिपोर्ट बुझाएर आवेदन दिएका नेपालीहरु रिजेक्ट भएर समस्यामा परेका छन भने अहिले नयाँ अप्लाइ गर्न तयार भएकाहरुमा थप अन्यौल सिर्जना भएको छ । यसबारेमा दुतावासमा कुरा गर्दा स्पेन सरकारले दिएको चिठी नै आधिकारिक भएको र त्यसकै आधारमै गर्न भनेको सचिव ढकालले बताउनुभयो । यसले झन अन्यौल सिर्जना गरेको उहाँले बताउनुभयो । दुतावासले स्पेन सरकारले दिएको चिठी सहित आवेदन दिन आग्रह गरेको उहाँले बताउनुभयो ।

स्पेन सरकारले अनलाइन पुलिस रिपोर्ट स्विकार गर्ने भन्दै लेखेको चिठी

पुलिस रिपोर्टको कारण नेपालीहरुको रेसिडेन्सी आवेदन रिजेक्ट भएकोबारे हामीले नेपाली दुतावास म्याड्रिडमा बुझ्दा पनि उही जवाफ आएको छ । दुतावासकी सहचारी करिस्मा अधिकारीले यसबारेमा गुनासो आएको तर स्पेन सरकारले दिएको चिठी नै आफुहरुको लागि आधिकारीक भएकोले थप केही भन्न नसक्ने बताउनुभयो । स्पेन सरकारको आधिकारिक निकायले दिएको पत्र अनुसार नै आफुहरुले सुचना निकालेकोले के कारणले त्यो समस्या आयो भन्नेबारे जानकारी नभएको उहाँले बताउनुभयो । उहाँले स्पेन सरकारसँग अब हुने बैठकमा यसबारे कुरा उठाउने बताउनुभयो । आधिकारिक सुचना त्यही भएकोले स्पेनको कुन कार्यलयले के निर्णय गरेको भन्ने बारे आफुहरुले सोधखोज गर्न नमिल्ने उहाँले बताउनुभयो । उहाँले पनि अनलाइनको पुलिस रिपोर्टको साथमा यो चिठी पनि बुझाउन आग्रह गर्नु भएको छ । तर यसरी बझाउँदा पनि हुन्छ या हुदैन भन्ने एकिन भने छैन् । अहिलेसम्म यो चिठी सहित कसैले आवेवन दिएका छैनन् । अब यसरी बुझाउँदा समेत स्विकार भएन भने समयको मात्रै नोक्सान हुने भएकोले यसको थप टुङ्गो नलाग्दा सम्म यसअघि जस्तै नेपालबाट र स्पेनबाट आधिकारिक रुपमा प्रमाणिकरण पुलिस रिपोर्ट प्रमाणिकरण गरेर पेपर अप्लाई गर्न समस्यामा परेका र जानकारहरुले सुझाव दिएका छन् । यसरी नेपालमा र यहाँ आधिकारिक रुपमा प्रमाणिकरण गरेको पुलिस रिपोर्ट सहित गरेको आवेदन भने पास भएको छ । तर पुलिस रिपोर्ट प्रिन्टमा भएको कमजोरीले पनि केही समस्या भने देखिएको छ । पछिल्लो समयमा रिजेक्ट भएका धेरै नेपालीहरुको आवेदनमा पुलिस रिपोर्टकै कमजोरी “फाल्ता” देखाइएको छ । म्याड्रिडमै एकजना नेपालीको आवेदन पुलिस रिपोर्ट ढाँचा अनुसारको नभएको भन्दै रिजेक्ट गरिएको छ ।

नेपालमा छाप लगाएर ल्याएको उक्त पुलिस रिपोर्ट पनि रिजेक्ट भएकोले प्रिन्ट गरिएको कागज कमसल भएकोले त्यस्तो भएको हुन सक्ने सचिव ढकालले बताउनुभयो । नेपाल प्रहरीले अनलाइनबाट आवेदन दिएको पुलिस रिपोर्टलाई एफोर साइजमा स्तरीय कागजमा प्रिन्ट गर्न भनेको छ । स्तरीय भनेको कुन गुणस्तरको हो स्पष्ट छैन । नेपाल प्रहरीबाटै नै प्रिन्ट हुने खालको कागजमा प्रिन्ट गरेर परराष्ट्र मन्त्रालय, नेपाल स्थित कन्सुलरको छाप लगाएर आधिकारिक ट्रान्सलेसन सहित बुझाएको पुलिस रिपोर्टमा भने समस्या आएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *