• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

स्पेनमा परिवार पुर्नमिलन र पुलिस रिपोर्टबारे आएका समस्या समाधानमा दुतावासले पहल गर्ने

Byspainnepal

Oct 7, 2021

गैर आवासीय नेपाली संघ स्पेनले परिवार पुर्नमिलनको सम्बन्धमा र पुलिस रिपोर्टको सम्बन्धमा पछिल्लो समयमा देखिएका समस्याहरुको समाधानका बारेमा नेपाली दुतावास म्याड्रिडसँग छलफल गरेको छ । परिवार पुर्नमिलन भिषाका लागि स्पानिस दुतावास दिल्लीमा अपोइन्टमेन्ट नपाउने समस्या र भिषा पाएकाहरुको समेत मिति सकिएको लगायतका विविध समस्याहरुको बारेमा एनआरएन स्पेनमा गुनासाहरु आएपछि यसको बारेमा समस्या समाधानका लागि दुतावासमा आग्रह गरिएको संघका उपाध्यक्ष रोशन पाठकले बताउनुभयो । परिवार पुर्नमिलनको समन्बधमा यस्तो समस्या देखिएका ब्यक्तिहरुलाई समेत लिएर संघकी महिला उपाध्यक्ष सृजना लामिछाने समेत दुतावास पुग्नुभएको थियो । यस बिषयमा राजदुत दावाफुटी शेर्पा तथा दुतावासका अन्य कर्मचारीहरुले कन्सुलर मार्फत समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको पाठकले बताउनुभयो ।
यस्तै उक्त अबसरमा पहिलो पटक रेसिडेन्सी आवेदन दिदा चाहिने पुलिस रिपोर्टको बारेमा देखिएको समस्याको समाधानका बिषयमा पनि छलफल भएको छ । भर्खरै पाईस भास्कोमा प्रहरी प्रतिवेदन संबन्धमा देखिएको समस्याका बारेमा नेपाली दुतावास स्पेनले यो भन्दा पहिले यो संबन्धमा कहिं कतै वाट यस बिषयमा पत्र नआएको र अहिले देखिएको पाईस भाष्को क्षेत्रको समस्या प्रहरी प्रतिवेदन मा परराष्ट्र मन्त्रालय र कन्सुलरको छाप लगाइएको तर लिगलाइजेशन नगरिएको कारणले गर्दा आएको भन्दै परराष्ट्रको र कन्सुलरको छाप बिना नै पेश गर्नु पर्ने राजदुतावासको सुचनालाई अझै स्पष्ट रुपमा बाहिर ल्याउने प्रतिबद्धता दुतावासबाट आएको छ । उक्त अबसरमा स्पेनबासी नेपालीहरुमा देखिएका अन्य विबिध विषयमा पनि छलफल भएको थियो । साथै नेपाल फिर्ता हुन लाग्नु भएकी राजदुत दावाफुटी शेर्पालाई यही १८ तारिक बिदाई कार्यक्रम राखिएको पाठकले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *