• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

स्पेनमा न्युनतम ज्याला १५ यूरो बृद्धि, ERETE आगामी फेब्रुअरी सम्म

Byspainnepal

Sep 28, 2021

स्पेनको सरकारले लामो छलफल पछि न्युनतम ज्याला १५ यूरो बढाउने निर्णय गरेको छ । अब १४ महिनाको भुक्तानी गर्ने गरी स्पेनको न्युनतम ज्याला मासिक ९६५ यूरो पुगेको छ । यो सेप्टेम्बर १ बाट लागू हुनेछ। सरकारको दोस्रो उपप्रधानमन्त्री तथा श्रम र सामाजिक अर्थव्यवस्था मन्त्री, योलान्दा दियाजले मन्त्रिपरिषद बैठक पछि गरिएको पत्रकार सम्मेलनमा यो उपाय एक निष्पक्ष रिकभरीको रूपरेखाको हिस्सा भएको बताइन । “ज्याला बृद्धि सामाजिक सुरक्षा उपायहरुको एक हिस्सा मात्र हैन, बैंक अफ स्पेन द्वारा संकेत गरीएको छ, तर आर्थिक दक्षता र स्पेनमा अर्थव्यवस्थाको उचित काम गर्ने दृढ विश्वासमा निहित छ,” उनले टिप्पणी गरिन । यस बर्षको सेप्टेम्बर १ बाट लागु हुने गरी चौधौ महिनाको भुक्तानीमा प्रति महिना १५ यूरो सम्म बढाउन सरकार र युनियनहरुले दुई हप्ता अघि सम्झौता गरेका थिए । यो उपाय इन्टरप्रोफेशनल न्युनतम ज्यालाको विश्लेषणको लागी सल्लाहकार आयोगको प्रस्ताव पछि लागू गरीएको हो । जसले यो बर्ष १२ देखी १९ यूरोको बीचमा बढाउने दायरा प्रस्ताव गरेको थियो।
यसैबिच स्पेन सरकारले कोभिड माहामारीका कारण काम गुमाएकालाई दिदै आएको ERETE भनिने अस्थाइ वेरोजगार सहायताको अबधि आगामी बर्षको फेब्रुअरी महिनासम्म लम्ब्याएको छ । अन्तिम पटक थपिएको समय यही सेप्टेम्बर ३० बाट सकिन लागेकोमा सरकारले मजदुर युनियनहरु सितको सहमतिमा फेब्रुअरी सम्म बढाउने निर्णय गरेको हो । तर यो पटक थपिएको समयमा नयाँ ERETE को लागि आबेदन दिन केही नियमहरु परिवर्तन गरिएको छ भने ERETE मा बस्नेलाई अनिबार्य ब्यबसायिक तालिमको ब्यबस्था पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *