• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

स्पेनमा घर भाडा ब्यवस्थित गर्न माग गर्दै प्रर्दशन

Byspainnepal

Mar 21, 2021


अब्यबस्थित रुपमा बढेको घर भाडालाई ब्यबस्थित गर्न माग गर्दै स्पेनका विभिन्न स्थानमा प्रर्दशन भएको छ । म्याड्रिड, बार्सिलोना, सान्सेबास्टिएन, बिल्बाओ, भिक्टोरिया, सारागोसा, हुयस्का, मुर्सिया, लोग्रोनो लगायतका स्थानमा शनिवार संयौको संख्यामा भेला भएर प्रर्दशन गरेका थिए । प्रर्दशनकारीहरुले न्यायपुर्ण घर भाडाको ब्यवस्था गर्न माग गरेका थिए । प्रर्दशनमा ट्रेड युनियन र अरु अधिकारकर्मीहरु सहभागि भएका थिए । उनीहरुका अनुसार स्पेनमा ३२ हजार मानिसको स्थायी ठेगााना छैन् । १२ मिलियन मानिस सामाजिक बहिस्करणको खतरामा छन भने २००८ देखि २०२० सम्ममा १ मिलियन भन्दा धेरै मानिस घरबाट निश्कासशनमा परेका छन् । बार्सिलोनामा ५ सय भन्दा धेरै मानिस भेला भएर घर भाडा रेगुलेट गर्न र सवैलाई बस्ने घरको ब्यवस्थापन गर्न माग गरेका थिए । उनीहरुले घरभाडाको अधिकतम मुल्य तोक्नेबारे सरकारले गरेको अस्विकार तर कर संसोधनको प्रस्तावको बारेमा आवाज उठाएका छन् । रेन्टल क्यापबारे असहमती जनाउँदै सरकारको अर्को पार्टी युनिदाद पोदेमोसले सरकार छाड्ने चेतावनी दिएको थियो । यसबारेमा स्र्केदा रिपब्लिकानाले पनि सरकारको आलोचना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *