• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

स्पेनमा कोरोना भ्याक्सिन लिने पहिलो नेपालीको अनुभव

Byspainnepal

Jan 23, 2021


स्पेन, २३ जनवरी/ स्पेनमा गत डिसेम्वरको अन्तिमतिरबाट शुरु भएको कोरोना बिरुद्धको खोप अभियानमा अग्रभागमा काम गर्ने ब्यक्तिहरुले खोप लिइरहेका छन् । यसैक्रममा स्वास्थ्य क्षेत्रमा अग्रभागमा काम गर्ने नेपाली महिला सुनिता गुरुङले पनि उक्त भ्याक्सिन लिनु भएको छ । उहाँ सम्भवत स्पेनमा कोरोना भ्याक्सिन लिने पहिलो नेपाली हुनुहुन्छ । १५ वर्ष देखि स्पेनको पाइसभास्को स्थित उर्दिसियामा बस्ने पोखराकी गुरुङले फाइजर भ्याक्सिनको पहिलो डोज लिइसक्नु भएको छ । उहाँले गत जनवरी ७ तारिकमा पहिलो डोज लिनु भएको हो भने अब २७ तारिक भ्याक्सिनको दोस्रो डोज लिदै हुनुहुन्छ । असिस्टेन्ट नर्सको रुपमा उहाँले त्यहाँको रेसिडेन्सी क्षेत्रमा काम गर्नुहुन्छ ।

पहिलो डोज लिएपछि २ दिनसम्म सामान्य साइड इफेक्टहरु देखिएपनि अहिले आफु सामान्य अबस्थामा रहेको उहाँले बताउनुभयो । पहिलो भ्याक्सिन लिएको केहि समय पछि सामान्य साइड इफेक्टहरु देखिएको उहाँले बताउनुभयो । भ्याक्सिन लगाएको पाखुरामा हल्का दुख्ने सामान्य नै भयो उहाँले भन्नुभयो बाँकी त सामान्य टाउको दुख्ने र सामान्य ज्वरो आउने जस्ता साइड इफेक्ट देखिएको उहाँले बताउनुभयो । भ्याक्सिन लगाएपनि नियम अनुसार उहाँले माक्स भने लगाइरहनु भएको छ । उहाँले भ्याक्सिनको रुपमा कोरोनाको मरेको भाइरसलाई क्लिनिकल्लीरुपमा शरिरमा प्रवेश गराइने र यसले शरिर भित्र एन्टीबडी बनाउन थाल्ने भएकोले ३० मिनेट देखि ४८ घण्टा भित्र केही साइड इफेक्ट देखिनु एकदमै सामान्य कुरा भएको उहाँले बताउनुभयो ।
आफु स्वास्थ्य क्षेत्रमै काम गर्ने ब्यक्ति भएकोले आफुलाई यि कुराहरु सामान्य लागेको उहाँले बताउनुभयो । कोरोनामा महामारीको कारण विश्व प्रभाबित भैरहेको अहिलेको अवस्था फ्रन्ट लाइनरको रुपमा पहिलो चरणमै भ्याक्सिन लिन पाउँदा आफुलाई खुसी लागेको उहाँले बताउनुभयो । उहाँले भ्याक्सिनको बारेमा सकारात्मक रुपमा सोच्न आग्रह गर्नु भएको छ । यसबाट देखिने असरहरु सामान्य भएकोले अवसर आएपछि भ्याक्सिन लिएर सुरक्षित हुन उहाँले सवैलाई आग्रह गर्नु भएको छ । स्पेनमा अहिले फाइजर र मोडेर्ना गरी दुइवटा भ्याक्सिन लगाउने अभियान चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *