• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

स्पेनमा कोरोनाको तेश्रो लहर, पहिलोमा भन्दा दोश्रोमा धेरै नेपाली प्रभावित

Byspainnepal

Jan 3, 2021

स्पेन, ३ जनवरी/ नयाँ बर्षको शुरुवातसंगै स्पेनमा कोरोना भाइरसको तेश्रो लहर शुुरु हुन सक्ने चेतावनी यहाँका स्वास्थ्य अधिकारीहरुले दिन थालेका छन् । स्पेनका स्थानीय समाचार माध्यमहरुको रिर्पोटिङका आधारमा केहि अस्पतालहरुले विरामीको उच्च चाप बढ्न थालेको भन्दै फेरी जटिल अबस्था आउन सक्ने तर्फ संकेत गरेका छन् । एउटै अस्पतालमा दैनिक ४ सय भन्दा धेरै विरामी आउन थालेपछि केहि अस्पतालहरुले यस्तो चेतावनी दिएका हुन । यहाँको स्वास्थ्य अधिकारीहरुले स्पेनमा पहिलो भन्दा कोरोनाको दोश्रो लहर बढि खतराजनक देखिएको र चिसो बढेकोले तेश्रो लहर अझै खतराजनक हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । विभिन्न ११ वटा क्षेत्रमा पहिलो लहरमा भन्दा दोश्रो लहरमा मृत्यु हुनेको संख्या धेरै देखिएको छ ।
स्पेन सरकारले डिसेम्वर २७ तारिख देखि खोप अभियान शुरु गरेको छ । पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने ब्यक्तिहरु र बृद्धा आश्रमका ब्यक्तिहरुलाई खोप दिइरहेको छ । प्रत्येक हप्ता साडे ३ लाख खोप सवै क्षेत्रमा पठाउने सरकारले जनाएको छ ।
स्पेनमा कोरोनाको पहिलो लहरमा भन्दा दोश्रो लहरमा नेपालीहरु बढि प्रभावित भएका छन् । पहिलो लहरमा यकिन कति नेपाली सक्रमित भए भन्ने जानकारी नभएपनि एनआरएनको कोभिड १९ उच्चस्तरीय समितिको तथ्यांकमा १२ नेपालीमा पोजेटिभ देखिएको सुचना आएको थियो । तर दोश्रो लहरमा एक सय जना भन्दा धेरै नेपाली कोरोनाबाट संक्रमित भएको तथ्यांक समितिमा आएको छ । तर नेपालीमा कोरोना संक्रमित भएपनि बाहिर नभन्ने प्रवृतिका कारण अझ धेरै सक्रमित भएको हुनसक्ने उक्त समितिका प्रतिनिधिले बताए । उनका अनुसार नेपालीहरु रहेको स्पेनमा सवै जसो क्षेत्रमा दिनँहु नेपाली संक्रमित बढ्न थालेका छन् । पहिलो लहरमा धेरै नेपाली प्रभावित नभएको र वीचमा नेपाली चाडपर्व लगायतमा धेरै नेपालीहरुले स्वास्थ्य सतर्कता विना भेला हुने र रमाइलो गर्ने प्रवृत्ति बढेको दोश्रो लहरमा धेरै नेपाली संक्रमित भएको उक्त समितीको ठहर छ ।

समितीले युरोपका धेरै देशहरुमा नयाँ भाइरस देखिन थालेको भन्दै थप सर्तकता अपनाउन आग्रह गरेको छ । बेलायतमा नयाँ स्वरुपमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएसँगै अहिले सर्वत्र चिन्ता बढेको छ । स्वास्थ समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म धेरैपटक म्युटेसन उत्परिवर्तित भएर अर्थात् त्यसको गुणहरुमा धेरै परिवर्तन भएर नयाँ स्ट्रेन स्वरुपहरु बनिसकेको अवस्था छ ।
हालसम्मको अध्ययनका अनुसार उत्परिवर्तित भाइरस पुरानो भाइरसको तुलनामा लगभग ७० प्रतिशत छिटो फैलिएको पाइएको छ । हाल लन्डन र दक्षिण पूर्वी इंग्ल्याण्डमा कोभिड–१९ लागेको ४५ देखि ७० प्रतिशत बिरामीमा यो उत्परिवर्तित भाइरस देखिएको छ । युरोपेली संघ अन्तर्गतका ८ मुलुकहरू सहित, केही अफ्रिकी मुलुकहरू पनि यो भाइरस तीब्र रूपमा फैलिएको पाइएको भन्दै समितिले अत्यावश्यक बाहेकका यात्रा नगर्न त्यहाँस्थित नेपालीहरुलाई अनुरोध गरेको छ ।
डा सापकोटाका अनुसार हाल जति पनि खोप बनिरहेका छन् ती अन्तिम परीक्षणमा छन् । ती भ्याक्सिनले उत्परिवर्तित भाइरस विरुद्ध काम गर्छ कि गर्दैन भन्ने सर्वत्र चासो छ । यस्तो अवस्थामा स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको उहाँको भनाइ छ ।
विशेषतस् केही युरोपेली मुलुकहरु र बेलायतमा हाल लकडाउन र कडा खालको प्रतिबन्ध लगाइएकोले पनि कुनै समस्या परे त्यहाँस्थित गैरआवासीय नेपाली संघ अन्तर्गतका राष्ट्रिय समन्वय परिषद्मा सम्पर्क गर्न समेत समितिले आग्रह गरेको छ ।
संयोजक डा सापकोटाले भीडभाडमा नजान, जानु परे पनि दुई मिटरको दूरी कायम राख्न, बाहिर जाँदा अनिवार्य रुपमा मास्क लगाउन र साबुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न सुझाव दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *