• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

स्पेनमा कोभिड निको भएकालाई भ्याक्सिनको एक डोज मात्रै दिइने

Byspainnepal

Feb 28, 2021


स्पेनमा कोरोना भाइरस लागेर निको भैसकेका ५५ वर्ष भन्दा कम उमेरका ब्यक्तिलाई भ्याक्सिनको एक डोज मात्रै दिइने भएको छ । कोभिड संक्रमणको ६ महिना पछि उनीहरुलाई एक डोज दिइने सरकारले जनाएको छ । ५५ वर्ष भन्दा माथि उमेरकालाई भने २ वटै डोज दिइने सरकारले जनाएको छ । यस्तै पहिलो डोज लिएर फेरी संक्रमित भएकाहरुलाई पनि दोश्रो डोज पनि दिइने छ । स्पेनमा ५५ वर्ष माथिकालाई फाइजर र मोर्डेना भ्याक्सिन दिइएको छ भने ४५ देखि ५५ वर्ष उमेरकालाई एस्ट्राजेनेका भ्याक्सिन दिइने छ । स्पेनका केयर होममा बस्नेहरु र त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीलाई भ्याक्सिन दिइसकिएको छ ।


अहिलेसम्म स्पेनको कुल जनसंख्याको २ दशमलब ६ प्रतिसत अर्थात १२ लाख ४३ हजारले भ्याक्सिनको दुुवै डोज लिएसकेको छन् । यस्तै पहिलो डोज लिएका ३६ लाख पुगेका छन् । विश्वमा अहिलेसम्म ५ करोड २१ लाखले भ्याक्सिनको दुवै डोज लिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *