• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

स्पेनमा इस्टरमा पनि आवतजावत प्रतिबन्ध कायमै रहने, मार्च ८ को भेला पनि निषेध

Byspainnepal

Mar 6, 2021

स्पेनका राज्य सरकारहरु र केन्द्रिय सरकारको बीचमा आगामी इस्टर (सेमाना सान्ता) मा हुने मानिसहरुको आवतजावतका कारण कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै आवात जावतमा कडाइ गर्ने सहमती भएको छ । स्पेनका १७ वटा राज्य र केन्द्र सरकारको बीचमा एउटा राज्यबाट अर्को राज्यमा आवतजावत गर्न कडाइ गर्ने सहमती भएको हो भने म्याड्रिड, बालेरिक आइसल्याण्ड, कानरी आइसल्याडले भने असहमती जनाएका छन् । तर यि क्षेत्रमा पनि अनाबश्यक हिडडुललाई कडाई गरिने छ भने रातीको समयमा कर्र्फयुु कायमै रहने छ । सवै राज्यहरुले रातीको कर्र्फयुु कायम राख्ने र ४ जना भन्दा धेरै भेला हुन नपाउने नियम कायमै राख्ने जनाएपछि स्पेनको एक विश्व प्रसिद्ध ठुलो पर्व इस्टर लगभग स्थगीत जस्तै भएको छ ।
नारी दिवसको कार्यक्रममा रोक
स्पेनको केन्द्र सरकारले नारी दिवसको अबसरमा मार्च ८ मा म्याड्रिडमा हुने भनिएको ठुलो कार्यक्रमलाई बन्देज लगाएको छ । महिला अधिकारकर्मीले गर्ने भनेको उक्त ठुलो भेलालाई सरकारले बन्देज लगाएको छ भने उच्च अदालतले पनि सरकारले निर्णयलाई सर्मथन गरेको छ । तर स्पेनका अन्य केही स्थानहरुमा मार्च ८ मा सामुहिक कार्यक्रम गर्न अनुमती दिएको भन्दै बिरोधहरु भएका छन् । गत बर्षको नारी दिवसमा म्याड्रिडमा १ लाख २० हजारको महिलाहरुको प्रर्दशन भएको थियो । यसको ठुलो आलोचना भएको थियो किनकी त्यसको एक सातामा स्पेनको लकडाउन शुरु भएको थियो । धेरैले स्पेनको छिटो कोरोना फैलिनुमा उक्त प्रर्दशन पनि दोषी रहेको आरोप लगाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *