• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

स्पेनको स्वास्थ्य संकटकाल मे ९ मा सकिदै, त्यसपछि के होला ?

Byspainnepal

Apr 30, 2021

कोरोनाको संक्रमण रोकथामका लागि स्पेन सरकारले दोस्रोपटक लगाएको स्वास्थ्य संकटकाल यही मे को ९ तारिकमा समाप्त हुँदैछ । गत अक्टोबरमा लगाइएको संकटकाल अब कानुनी रुपमा केन्द्र सरकारले थप गर्न नमिल्ने जनाइसकेको छ । त्यसैले अहिले लगाएका धेरै प्रतिबन्धहरु हट्ने र जनजीवन सामान्यकरण तर्फ जाने अपेक्षा गरिएको छ । अहिले जारी संकटकाल अनुसार केन्द्र सरकारले स्थानीय सरकारहरुले अबस्था हेरेर हिडडुल प्रतिबन्ध र प्रान्तहरुबीचको आवत जावतमा प्रतिबन्ध लगाँउदै आएका थिए । तर मे को ९ तारिकमा संकटकाल सकिने भएपछि यि प्रतिबन्धहरुले पनि कानुनी मान्यता पाउँने छैनन् । तर कोरोनाको संक्रमण बढि देखिएका केही राज्यहरुले भने मे ९ पछि पनि केही प्रतिबन्ध कायम राख्न पाउनुपर्ने कानुनी बाटोका लागि दवाव दिरहेका छन् । केही राज्यहरुले भने अहिलेका प्रतिबन्धहरु हटाउने तयारी गरिसकेका छन् । कातालोनियाले मे ९ पछि बार तथा रेष्टुरेन्टहरु रातीको ११ बजेसम्म खोल्न दिने जनाएको छ । आन्डुलुसियाले अर्को प्रान्तसँग आवतजावत खुल्ला गरिसकेको छ । भ्यासेन्सिया राज्यले बार तथा रेष्टुरेन्टहरु राती १० वजेसम्म खोल्न दिइसकेको छ ।


स्पेनको जनजीवनमा मे मा के के नयाँ परिर्वतन हुँदैछ ?
मे ९ तारिकबाट स्वास्थ्य संकटकाल अन्त्य भएपछि अहिले रहँदै आएको कर्र्फयु लगायतका प्रतिबन्ध खुकुलो हुनेछ । यसले स्पेनको जनवीजन केही सहज हुने छ । मे महिनामा स्पेनको खोप अभियान थप तिब्र हुने सरकारले जनाएको छ । अहिले ८० बर्षमाथि सबै नागरिकले कम्तिमा एउटा डोज लिइसकेका छन् । अब मे को अन्त्यसम्ममा ६० बर्षमाथिका सवैले कम्तिमा खोपको एउटा डोज लिइसक्नेछन् । त्यो भनेको १ करोड २० लाख नागरिकले खोप लिने छन् । मे को प्रत्येक हप्ता १७ लाख फाइजर भ्याक्सिन स्पेनले प्राप्त गर्नेछ ।

अस्थायी बेरोजगारी लाभ [ERTEs] को समय थपिएला ?
सरकारकी उद्योग, पर्यटन तथा बाणिज्य मन्त्रीले सरकारले जव सम्म आबश्यक ठान्छ त्यतीबेला सम्म यो ERTEs भनिने अस्थायी बेरोजगारी लाभको ब्यबस्था कायम राख्ने बताएकी थिइन् । तर अब [ERTEs] यो मे को ३१ तारिकमा समाप्त हुँदैछ । सरकारले अहिलेसम्म यसको समयसिमा ४ पटक बढाएर मे को ३१ तारिकसम्म पुर्याएको थियो । कामदारहरुले आफ्ना तलबको ७० प्रतिसत रकम पाउने यो स्किम [ERTEs] अब अन्तिम समयमा नथपिने कुरा सरकारले आधिकारीक बुलेटिनको अप्रिल १३ को अंकमा प्रकासन गरेको थियो । यो स्किमको समय सकिएपछि कम्पनिहरुले ६ महिनासम्म कामदारलाई कामबाट निकाल्न नपाउने ब्यवस्था गरिएको छ । तर आफ्ना कामदारलाई पुर्णरुपमा काममा फर्काउन नसक्ने कम्पनिहरुलाई सरकारले पुरक ब्यवस्था गरेर सहयोग गर्ने जनाइएको छ । यसको लागि मे को ९ तारिक अगाडी नै सार्वजनिक रोजगार सेवा SEPE मा सम्पर्क गर्न त्यस्ता कम्पनिहरुलाई आब्हान गरिएको छ ।

मे महिनामा स्पेनको ड्राइभिङ्ग नियममा हुने परिवर्तन
यही मे महिनामा स्पेनको ड्राइभिङ्ग नियममा केही परिवर्तन हुँदैछ । मे ११ तारिकदेखि स्पेनको उर्वान रोडमा अधिकतम गति ३० किलोमिटर प्रतिघन्टाको नियम लागु हुँदैछ । यस्तै मे ११ तारिकदेखि साइकललाई ओभरटेक गर्दा डेढ मिटर दुरी कायम गर्नुपर्ने र गतिलाई २० किमि प्रतिघन्टा कम गर्नुपर्ने नयाँ नियम लागुहँदैछ । यो नियम पालना नगरे प्रहरीलाई २ सय युरो सम्म जरिवाना गर्ने अधिकार दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *