• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

स्पेनको मालगामा शुरुभयो पहिलो ड्राईभर विनाको सिटीबस

Byspainnepal

Feb 19, 2021


स्पेनको मालगामा ड्राईभर बिनाको सिटी बस शुरु भएको छ । उक्त बसले शनिवारदेखि नियमित सेवा दिनेछ । आभान्जा कम्पनि र स्थानीय सिटी काउन्सिलले शुरु गरेको उक्त इलेक्ट्रिक बस सार्वजनिक यातायातमै क्रान्ति भएको मालगाका मेयरले बताएका छन् । मालगा सेल्फ ड्राइभिङ बस सञ्चालन गर्ने युरोपकै पहिलो शहर भएको छ जुन पुर्णतया वातावरण मैत्री समेत रहेको छ । यसको लागि मालगा सिटीले १ लाख ८० हजार युरो स्मार्ट ट्राफिक लाइटको लागि खर्च गरेको छ । पहिलो तीन हप्ताका निःशुल्क बस चड्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *