• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

स्पेनको प्रदेश सभामुखद्धारा नेपालमा उच्च स्तरको भेटघाट

Byspainnepal

Oct 29, 2021

स्पेनको एक्त्रामादुरा प्रदेश सभाका सभामुख ब्लान्टा मार्टिन देलगाडो नेतृत्वको टोलीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतसँग भेटवार्ता गरेका छन् ।

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा रहेकी सभामुख देलगाडो नेतृत्वको टोलीले शुक्रबार सिंहदरबारमा पुगेर अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र स्पेनबीचको सुमधुर कूटनीतिक सम्बन्ध रहेको बताउँदै त्यहाँको प्रदेश तथा स्थानीय तह र नेपालका प्रदेश तथा तहबीच सहकार्य जरुरी रहेको बताए ।

भेटका क्रममा सभामुख देलगाडोले नेपाल र स्पेन सरकार तथा संसदको सम्बन्ध सुमधुर रहेको बताइन् ।

उनले एक्त्रामादुरा प्रदेश र नेपालका प्रदेशबीच पनि सहकार्य गर्न सकिने बताउँदै त्यसका लागि आफ्नो पहल रहने जानकारी दिइन् ।

देलगाडोले एमाले अध्यक्ष केपी ओलीसँग पनि शिष्टाचार भेटवार्ता गरेकी छन् । बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आएकी उनले शुक्रबार अध्यक्ष ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् । यसअघि बिहीबार देल्गाडोको टोली पाटन दरबार स्क्वायरको भ्रमण गरेको थियो ।

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनको एक्त्रेमादुरा प्रदेशकी सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार काठमाडौ‌
पुगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बागमतीका सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले उनीहरुलाई स्वागत गरेका थिए । प्रतिनिधिमण्डलमा प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी छन् ।

स्पेनी प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथको अवलोकन भ्रमण गर्नुुका साथै लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी हुने र बौद्धनाथमा भिक्षुहरुसहित दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । स्पेनी प्रतिनिधिमण्डल यही कात्तिक १६ गते स्वदेश फर्किनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *