• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

स्पेनको पहिलो कोभिड भ्याक्सिन मानव परिक्षणका लागि स्विकृत

Byspainnepal

Aug 12, 2021


स्पेनको औषधी उत्पादक कम्पनी हिप्राले उत्पादन गर्न लागेको स्पेनको पहिलो कोभिड भ्याक्सिन पीएचएच -वान भी ले पहिलो क्लिनिकल ट्रायलका लागि अनुमती पाएको छ । स्पेनको सरकारले उक्त भ्याक्सिनको मानिसमा परिक्षणका लागि अनुमती दिएपछि तत्कालै पहिलो चरणमा १८ देखि ३० बर्ष उमेरमा ३० जनामा यसको परिक्षण गरिने छ । उक्त परिक्षण अहिलेसम्म अन्य भ्याक्सिन नलिएका ब्यक्तिमा गरिने छ । भण्डारणका लागि धेरै चिसो नचाहिने उक्त भ्याक्सिन सवै ठाँउमा लामो समयसम्मका लागि उपयोगी हुने अनुमान गरिएको छ । कम्पनिले कोरोनाको डेल्टा लगायतका अन्य भेरियन्टको लागि यो खोप थप प्रभावकारी हुने जनाएको छ । स्पेनको गिरोनामा रहेको हिप्रा कम्पनिले २०२२ सम्म ४०० मिलियन भ्याक्सिन उत्पादन गर्ने जनाएको छ भने २०२३ सम्म १ दशमलव २ बिलियन भ्याक्सिन उत्पादन गर्नेछ । प्रधानमन्त्री पेड्रो सान्चेजले यो कोरोना महामारीसँग लड्न निकै ठुलो कदम भएको बताएका छन् । स्पेनमा अहिलेसम्म ६० प्रतिसत नागरिकले पुर्ण रुपमा खोप पाइसकेका छन भने अहिले १२ वर्ष माथिकालाई पनि खोप दिन शुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *