• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

स्पेनको टुरिजम क्षेत्रलाई ११ बिलियन राहत प्याकेज,संकटकाल मे सम्म रहने

Byspainnepal

Feb 24, 2021

स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले कोरोना संक्रमण रोक्न लागु गरिएको स्वास्थ्य संकटकालबाट धेरै प्रभावित भएको हस्पिटालिटी र टुरिजम सेक्टरका लागि ११ बिलियन युरो राहतको घोषणा गरेका छन् । यो सहयोग अत्यधिक प्रभावित भएका कम्पनी, साना ब्यवसाय र स्वरोजगार कामदारलाई दिइने छ । आर्थिक पुर्ननिमार्णको बारेमा अर्थमन्त्रलयले केही दिन अघि दिएको आन्तरिक प्रतिवदेन पछि प्रधानमन्त्री साञ्चेजले यो घोषणा गरेका हुन् । यो राहत प्याकेज सिधै आर्थिक सहयोगमा लैजाने या ब्यापार सुदृढिकरणमा सहयोग गर्ने यकिन भएको छैन । तर सिधै आर्थिक सहायता भन्दा ब्यापारिक फर्महरुलाई सुदृढिकरणमा यो सहयोग प्याकेज खर्च गरिने आशा गरिएको छ ।
प्रधानमन्त्री साञ्चेजले आर्थिक प्याकेजको घोषणासंगै अहिले जारी रहेको स्वास्थ्य संकटकाल आगामी मे को ९ तारिकसम्म रहने संकेत गरेका छन् । विपक्षी दलहरुले यो संकटकाल मार्च ९ सम्म मात्रै कायम राख्नुपर्ने दवाद दिएका बेला सरकारले आर्थिक राहतन प्याकेज ल्याएर अझै २ महिना संकटकाल कायम गर्ने संकेत गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *