• Thu. Apr 18th, 2024

SPAIN NEPAL COM

स्पानिश दुतावास दिल्लीमा अपोइन्टमेन्ट (सिता) लिन यस्तो छ नयाँ प्रक्रिया

Byspainnepal

Mar 16, 2021


विशेषगरी पारिवारिक पुर्नमिलन (फेमेली रिगुपासियोन) भिषाको लागि अपोइन्टमेन्ट (सिता) लिनको लागि दिल्ली स्थित स्पेनिश दुतावासले आफैले मेल गर्नुपर्ने नियम ल्याएको छ । दुतावासले केही दिन अघि सुचना निकालेर अपोइन्टमेन्ट लिनका लागि आफैले emb.nuevadelhi.citas@maec.es मा मेल गर्नु पर्ने जनाएको छ । यसको लागि पासपोर्टको रगिंन फोटोकपी र स्पेन स्थित सरकारबाट (एक्सतानखेरो) पारिवारिक पुर्नमिलनका लागि आवेदन पास भएको चिठीको कपी आवश्यक पर्छ । यस्तै निवेदकको नाम थर, स्पोन्सरको नाम थर, पार्सपोर्ट नम्वर, फोन नम्वर र इमेल ठेगाना सहित मेल गर्नुपर्ने छ । यसरी अपोइन्टमेन्टको लागि मेल गर्दा प्रत्येक ब्यक्तिको लागि छुट्टाछुट्टै मेल आइडीबाट छुट्टाछुट्टै मेल गर्नु पर्नेछ । बच्चाहरुको लागि समेत छुट्टै मेल गर्नुपर्ने दुतावासले निकालेको सुचनामा जनाइएको छ । यसरी मेल गरेपछि दुतावासले उक्त मेल आइडीमा एउटा लिंक सहितको युजर नेम र पासवर्ड पठाउने छ । उक्त लिंकमा गएर आफुले चाहेको मितीमा अपोइन्टमेन्ट पक्का गर्न सकिने दुतावासले जनाएको छ । अपोइन्टमेन्टको मिति छनोट गर्न कम्तिमा ४ दिन अघि मेल गर्नुपर्ने छ । साथै दुतावासले यसरी अपोइन्टमेन्ट लिनको लागि अन्य ब्यक्तिलाई भन्नु आबश्यक नरहेको र अपोइन्टमेन्ट लिनका लागि कुनै पनि शुल्क नलाग्ने स्पष्ट पारेको छ । कुनै मध्यस्कर्ता मार्फत अपोइन्टमेन्ट उपलब्ध नगराइने र फर्ममा भरेको इमेल आइडी र पासपोर्ट नम्बरको आधारमा उक्त कुरा पत्ता लगाइने भन्दै दुतावासले ब्यक्तिगत रुपमा गरेको आवेदनलाई मात्रै स्विकृती दिइने स्पष्ट पारेको छ । अपोइन्टमेन्ट रद्ध गर्न पनि ४ दिन अघि माथिकै प्रकृया बाट गर्नु पर्छ । रद्ध नगरि अपोइन्टमेन्ट को दिन उपस्थित नभए प्रतिक्षा सुचिमा राखिने दुताबासले जनाएको छ ।

स्पानिश दुतावास दिल्लीको सुचना यस्तो छ ।

FAMILIAR.aspxhttp://www.exteriores.gob.es/Embajadas/NUEVADELHI/es/Noticias/Paginas/Articulos/Nuevo-procedimiento-para-solicitar-el-VISADO-DE-REAGRUPACI%c3%93N-FAMILIAR.aspx

Leave a Reply

Your email address will not be published. Required fields are marked *