• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

सिन्धुलीमा जिप दुर्घटना, ४ जनाको मृत्यु

Byspainnepal

Mar 16, 2021

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।

सिन्धुलीको कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको नगर प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । ‘अपराह्नको घटना हो,’ खत्रीले भने, ‘४ जनाको मृत्यु नै भइसकेको छ । हामी अहिले घटनास्थलमै छौँ । यहाँ प्रहरी पनि आइपुगेको छ । घाइतेहरुको उद्धारमा हामी जुटिरहेका छौँ ।’

नगर प्रमुख खत्रीका अनुसार मृत्यु हुनेमा कमलामाइ नगरपालिका बाँसकोटका ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठको मृत्यु भएको हो ।

यस्तै खत्रीले नगरपालिकाले घाइतेहरुको उद्धारका लागि आवश्यक कदम चालिरहेको बताए । ‘नगरपालिकाले पनि आवश्यक कदम चालिरहेको छ,’ खत्रीले भने, ‘घाइतेहरुको अवस्था हेरेर हामीले काम गर्नेछौँ । काठमाडौं पठाउने हो कि भन्ने बारेमा छलफल भइरहेको छ ।’

प्रहरीका अनुसार जिप आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । जिपमा ११ जना सयर थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *